Trending
मारवाडी महिला मञ्चको आयोजनामा आज बिहान काठमाडौमा प्रभातफेरि निकालिएको छ । नेपाली समाजमा बढ्दो रुपमा देखिएको स्तन क्यान्सर सम्बन्धि जनचेतना जगाउने उद्देश्यले प्रभातफेरि आयोजना गरिएको मारवाडी महिला मञ्चकी अध्यक्ष रेखा खेतानले जानकारी दिनुभयो । काठमाडौको लाखेचौरबाट निकालिएको प्रभातफेरिले बिभिन्न स्थानको परिक्रमा पछि सोहि स्थानमा फर्कीएर कोणसभामा परिणत भएको थियो ।

जनचेतनामूलक प्रभातफेरिको उद्घाटन मञ्चकी अध्यक्ष खेतान, मारवाडी सेवा समितिका अध्यक्ष प्रमोद अग्रवाल, मारवाडी युवा मञ्चका अध्यक्ष प्रकाश केजरीवालले संयुक्तरूपमा गर्नु भएको थियो । उहाहरुले ग्रामीण क्षेत्रमा मात्रै नभई शहरीक्षेत्रमासमेत महिला र पुरुषमा स्तन क्यान्सरको जोखिम उत्तिकै रहेको भन्दै यो अभियानलाई गाउस्तरसम्म पुरयाउनु पर्नेमा जोड दिनुभयो ।
स्तन क्यान्सर सम्बन्धि काम गर्ने संघ, संस्थाहरुको संयुक्त प्रयास हातेमालोबाट अभियानलाई अगाडि कढाउनु पर्ने उहाहरुको भनाई थियो । बिहान ८ बजे सुरु भएको प्रभातफेरिमा मारवाडी समूदायका युवायुवती, महिलाहरुको उल्लेख्य सहभागीता थियो । प्रभातफेरिमा सहभागीहरुलाई प्रमाणपत्र,मेडल प्रदान गरीएको थियो । मारवाडी महिला मञ्चले बिभिन्न सामाजिक कामसमेत गर्दे आएको छ ।