Trending
सुडी महिला कल्याण समाजकी अध्यक्ष रुबीकुमारी महत्तोले समाजमा पिछडीएका सुडी महिलाहरुको हक अधिकारको संरक्षणको लागि समाजले काम गरी रहेको बताएकीछन् । सुडी महिला कल्याण समाजको प्रथम बार्षिकोत्सवको अवसरमा आज काठमाडौमा आयोजित कार्यक्रममा उन्ले नेपाली समाजमा पिछडीएका सुडी महिलाहरुको आर्थिक जिवनस्तर उकास्न सरकारले बिशेष कार्यक्रम ल्याउन पनि आग्रह गरीन् ।
आफूले जहिल्यै पनि आर्थिक रुपले बिपन्न यस्ता महिलाहरुको अधिकार, सिप, तालिम र आर्थिक स्तरोन्नतीको लागि काम गरी रहेको भन्दै सिपमूलक तालिमको लागि स्थानीय, प्रदेश र केन्द्रीय सरकारलाई ध्यान दिन आग्रह गरीन् । उन्ले यस्ता महिलाहरुलाई आत्मनिर्भर बनाउन, राज्यका प्रत्येक तहमा उनीहरुको समान पहुँच पु¥याउन र जनचेतनामा अभिबृद्धि गर्न आवश्य रहेको भन्दै सरकारको ध्यानाकर्षण गरीन् । पछिल्लो समय मिथिला आर्ट, अचार बनाउने, बिस्कुट अर्थात कुकीज बनाउने, मिथिला पेन्टीङलगायतका महिला आफै आत्मर्निभर बनाउने स्वरोजगारका तालिम सञ्चालन गरेको पनि जानकारी दिईन् ।
नेपाली महिलाहरुको पबित्र पर्व हरितालिका तीज लगायतमा पर्वमा पनि सुडी महिलाहरुले बिभिन्न कार्यक्रम गर्दे आएको छ । पछिल्लो समय हस्तकलाका सामाग्रीको बजार राम्रो रहेको भन्दै हस्तकलाका सामाग्री निर्माणमा उनीहरुलाई दक्ष पार्नु पर्नेमा उन्को जोड थियो । कार्यक्रममा प्रमुख अतिथि जुलीकुमारी महत्तोले पिछडीएका सुडी महिलाहरुको हक, अधिकार र उनीहरुको जीवन स्तर सुधार परिवर्तनमा सुडी महिला कल्याण समाजले खेलेको भुमीकाको प्रसंशा गरीन् । कार्यक्रममामा काठमाडौमा उपलब्ध संघ, संस्थाका सुडी महिलाहरुको सहभागिता थियो ।