Trending
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बुधबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार यतिबेला कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराईका थोरै स्थानमा भने हुस्सु लागेको छ।
मौसम महाशाखाको प्रक्षेपणअनुसार दिउँसो देशको हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। राति भने मौसम देशभर मुख्यतया सफा रहने छ।