नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ । अहिलेसम्म ४० मेगावाट विद्युत् निर्यात भइरहेको थियो ।

बिहीबार ढाकामा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औं बैठकमा यो सहमति जुटेको हो । बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव चीरञ्जीवी चटौत र बंगलादेशको ऊर्जा सचिव फर्जना ममताजले नेतृत्व गरेका थिए।

बैठकमा सुनकोशी ३ जलविद्युत् आयोजनाको लगानी प्रक्रियामा अगाडि बढाउन बंगलादेशले आयोजना मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गर्ने र जेभीए छिटो टुंग्याउने सहमति समेत भएको छ ।

नेपालबाट भारतीय ग्रिड हुँदै बंगलादेशको बरापुकारण, पञ्चगढ/ठाकुर गाउँ, भेरामारा र कोमिल्लासम्म विद्युत् निर्यात सम्भावनाको अध्ययन गर्ने सहमति पनि भएको छ।

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवर्द्धनसम्बन्धी समझदारीपत्रमा आ-आफ्नो आन्तरिक प्रक्रिया पूरा गरी हस्ताक्षर गर्ने सहमति पनि भएको छ। उक्त सम्झौता अनुसार बंगलादेशले नेपाललाई ऊर्जा परीक्षण, ईभी चार्जिङ, रुफटप सोलारजस्ता क्षेत्रमा प्राविधिक सहायता दिने सहमति भएको छ।

नेपाल र बंगलादेशबीच क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने पनि सहमति भएको छ । बंगलादेशी पक्षका लागि पहिलो चरणको कार्यक्रम काठमाडौंमा र त्यसपछि नेपाली पक्षका लागि बंगलादेशमा आयोजना गरिनेछ।

शनिबार, १३ मंसिर, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान