Trending
म्याचुअल एकेडेमीक एक्टिभिटिज फोरमद्वारा सञ्चालित अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गतको भलिबल खेल सकीएको छ । तीन दिन सम्म सञ्चालन भएको खेलमा १६ विद्यालयका कक्षा १० सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
एडभान्स बोर्डिङ कालोपुलमा भएको खेलमा १६ विद्यालयबाट छात्र तथा छात्रा समूहका १६–१६ गरी ३२ समूहले प्रतिस्पर्धा गरेका थिए ।
उक्त प्रतियोगितामाम छात्र तर्फको खेलमा इलिक्सर एकेडेमी, कुमारीगाल चाबहिलले प्रथम स्थान हासिल गरी यस वर्षको माफ अन्तरविद्यालय भलिबल प्रतियोगिताको ट्रफी हात पारेको छ । साथै छात्रातर्फको तेस्रो स्थानमा पनि इलिक्सर एकेडेमीले जित हासिल गरेको छ ।

प्रतियोगितामा छात्र तर्फको बेस्ट सेटर इलिक्सर एकेडेमीका शुशांख थापाले प्राप्त गरेका छन् भने बेस्ट प्लेयर कप्तान हृदय अधिकारीले प्राप्त गर्न सफल भएका छन् । छात्रा तर्फको खेलमा बेस्ट ब्लकर इलिक्सर एकेडेमीकै अनुस्का राईले प्राप्त गरेकी छिन् ।
हरेक वर्ष आयोजना गरिने माफ अन्तरविद्यालय भलिबल प्रतियोगितामा यसअघि २०८१ सालमा पनि इलिक्सर एकेडेमी, कुमारीगाल चाबहिलले प्रथम स्थान हासिल गरी ट्रफी हात पारेको थियो ।