यस बर्ष २०८२ सालको मनराम–एसकाज पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार गोविन्द पोखरेललाई दिने निर्णय भएको छ । मनराम–एसकाज पत्रकारिता पुरस्कार छनोट समितिको बैठकले पोखरेललाई उक्त पुरस्कार दिने निर्णय गरेको हो । पोखरेल संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा जन्मीएका हुन् । वरिष्ठ पत्रकार पोखरेलले आफ्नो सम्पूर्ण जीवन पत्रकारितामा समर्पित गरेकाछन् ।

संखुवासभा खाँदबारी–१ निवासी समाजसेवी स्व.रामबहादुर श्रेष्ठको समामाजिक विकास प्रतिको दृष्टिकोण र उन्को समाज प्रतिको समर्पणको सम्झना स्वरुप प्रत्येक बर्ष संखुवासभालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारलाई यो पुरस्कार प्रदान गरीदै आएको संखुवासभा–काठमाडौ जर्नालिष्ट एशोसिएशनका अध्यक्ष शंकर खनालले बताए । पिता डिल्लीराम र माता हिरादेवी पोखरेलका सुपुत्रका रुपमा २०१२ सालमा जन्मीएका पोखरेल गोरखापत्र संस्थानको अध्यक्ष र नेपाल टेलिभिजनको सल्लाहकारका रुपमा समेत रही सकेकाछन् ।

उन्ले दृष्टि साप्ताहिक, कान्तिपुर मिडिया ग्रुप, श्रीसगरमाथा, सगरमाथा रेडियो र स्पेशटाईम दैनिक जस्ता महत्वपूर्ण सञ्चार माध्यममा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरी सकेकाछन् । उन्का लेख, रचना अहिले पनि बिभिन्न सञ्चार माध्यममा प्रकाशित हुने गरेकाछन् । लायन्स मनराम प्रतिष्ठान २००५ नेपालका संस्थापक अध्यक्षसमेत रहि सकेका रामबहादुर र श्रीमती मनमाया श्रेष्ठको नाममा स्थापीत मनराम–एसकाज पत्रकारिता पुरस्कार संखुवासभा– काठमाडौ जर्नालिष्ट एशोसिएसनले काठमाडौमा एक कार्यक्रम गरी प्रदान गर्ने छ । यस अघि यो पुरस्कारको राशि २५ हजार थियो भने अहिले बढाएर ५० हजार पु¥याइएको छ । यस अघि यो पुरस्कारबाट संखुवासभाका पत्रकार गंगा बिष्ट, इन्द्र गिरी, दिपेन्द्र शाक्य, कृष्णराज शाक्य, नविन गुरुङ, प्रेमप्रसाद निरौला, मत्रिकाप्रसाद तिम्सिना, भोला गौली, ज्ञान उदाशलाई सम्मानित गरी सकीएको छ । प्रत्येक बर्ष स्व. रामबहादुर श्रेष्ठको स्मृति दिवसको सम्झना स्वरुप उक्त दिन यो पुरस्कार प्रदान गरीने गरीएको छ ।

आइतवार, ७ मंसिर, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान