file photo

काभ्रेको पनौती र रोशीका १२३ घर परिवारलाई खानेपानीको पहुँच विस्तार गरिएको छ ।

पनौती नगरपालिका–२ कुशादेवीस्थित बोलखे गाउँको ६० परिवार र रोशी गाउँपालिका–११ भिमखोरीको ६३ परिवारमा प्रदेश सरकार तथा विभिन्न संस्थाको सहयोगमा खानेपानी व्यवस्थापन गरिएको हो । बोलखे गाउँमा खानेपानी व्यवस्थापनपछि सुरक्षित खानेपानीयुक्त समुदायसमेत घोषणा गरिएको छ ।

स्वीस सरकार र युनिसेफ नेपालको आर्थिक तथा प्राविधिक सहयोग र दिगो विकासका लागि नागरिक मञ्च (सिविक) फोरमको सहजीकरणमा ६० घरधुरीमा खानेपानी पुर्‍याइएको हो ।

खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागद्धारा गत साउन १५ गते जारी ‘सुरक्षित खानेपानीयुक्त समुदाय दिग्दर्शन पुस्तिका–२०८२’ अनुसूची–३ मा उल्लेखित न्यूनतम सूचक पुरा भएपछि ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा गरिएको हो ।

४० हजार रुपैयाँ श्रमदानसहित ३ लाख ४२ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न उक्त खोनेपानी योजनाअन्तर्गत एक इन्टेक निर्माण गरी संरचनाको सुरक्षार्थ काँडेतारबार लगाईएको छ भने ४ सय मिटर पाइप, ‘एन्फो’ पानी परीक्षण किट खानेपानी सरसफाई तथा उपभोक्ता समितिलाई उपलब्ध गराइएको छ ।

प्रत्येक घरधुरीका सदस्यलाई सरसफाई प्रवद्र्धन सम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत गरिएको फोरमका कार्यकारी अधिकृत बसन्त कुँवरले जानकारी दिए । उनका अनुसार यस योजनामा पानी शुद्धिकरणका लागि स्वचालित ‘क्लोरिनेशन’ प्रणाली जडान गरिएको छ ।

यसैगरी बाग्मती प्रदेशको खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयको आर्थिक सहयोगमा भिमखोरी खानेपानी तथा सरसफाई आयोजना मार्फत् ६३ परिवारका ३ सय ७२ लाभान्वित भएका छन् ।

८४ लाख ६१ हजार २ सय ५९ रुपैयाँ र जनश्रमदान बापत ५ लाख ६२ हजार ६ सय ६२ रुपैयाँ गरी ९० लाख २३ हजार ९ सय २१ रुपैयाँको लागतमा आयोजना सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन नम्बर ३ सिन्धुपाल्चोकका डिभिजन प्रमुख सृष्टि ख्वालपालले जानकारी दिए । उक्त आयोजनामार्फत ५ हजार ६ सय ५० मिटर टाढा रहेको मुहानबाट पानी ल्याएर प्रत्येक घरमा वितरण गरिएको हो ।

बिहिबार, ४ मंसिर, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान