सामुदायिक विद्यालयमा सञ्चालन हुँदै आएको ‘पढ्दै-कमाउँदै’ कार्यक्रम खारेज भएपछि प्राविधिक तथा सीपमूलक शिक्षा सञ्चालनमा समस्या देखिएको छ। कार्यक्रममार्फत विद्यार्थीलाई अभ्यासमूलक तथा व्यावहारिक सिकाइ प्रदान हुँदै आएकामा अहिले कार्यक्रम नै हटेपछि विद्यालयहरू प्रभावित भएका हुन्।

भोजपुर नगरपालिका-१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीका अनुसार कार्यक्रम हटेपछि शिक्षण-सिकाइमा प्रत्यक्ष असर परेको छ। ‘पढ्दै-कमाउँदै’ कार्यक्रम नहुँदा ती विषयमा आवश्यक सामग्री जुटाउन, ‘फिल्डवर्क’ सञ्चालन गर्न र विद्यार्थीलाई व्यावहारिक अभ्यास गराउन कठिनाइ बढेको उनको भनाइ छ।

‘सामुदायिक विद्यालयमा चल्दै आएको ‘पढ्दै-कमाउँदै’ कार्यक्रम अत्यन्तै प्रभावकारी थियो’, उनले भने, ‘विद्यार्थीहरुले अभ्यासमूलक ज्ञान लिँदै आएका थिए, उनीहरुले आफ्नै उत्पादनबाट केही आम्दानीसमेत गर्दै आएका थिए, कार्यक्रम हटाइएपछि व्यावहारिक सिकाइ नै कमजोर बनिरहेको छ, यस्तो उपयोगी कार्यक्रम हटाइनु दुःखद् कुरा हो।’

उनका अनुसार आर्थिक वर्ष २०८१/८२ देखि कार्यक्रम बन्द गरिएको हो। शिक्षा विभागमार्फत सञ्चालन हुँदै आएको यस कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयले तरकारी, फलफूल, धान, च्याउलगायतका खेती तथा सीपमूलक कार्य गर्दै आएका थिए।

कतिपय विद्यालयहरूले भाडामा जमिन लिएर व्यावसायिक अभ्यास कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रम हटेसँगै व्यावसायिक धार सञ्चालन गरिरहेका विद्यालयमा व्यावहारिक शिक्षण निरन्तरता दिन कठिनाइ भएको छ। विद्यालयले राज्यले विकल्पका कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन्। रासस

आइतवार, ३० कार्तिक, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान