Trending
प्रख्यात हिमाल अरोही संखुवासभाको मकालु गाउँपालिका–१ का लाक्पा शेर्पाले इण्डोनेसियाको सबै भन्दै अग्लो हिमाल कास्टैन्स पिरामिडको आठ दिनमा चार पटक सफल आरोहण गरेकाछन् । मकालु लाक्पाका नामलेसमेत प्रख्यात युवा आरोही शेर्पाले इण्डोनेसियाको सबै भन्दा कठिन हिमाल ४हजार ८ सय ८४ मिटर अर्थात १६ हजार २४ फिट अग्लो हिमालको सबै भन्दा छोटो समयमा सफलतापूर्वक अरोहण गर्ने नेपाली बनेकाछन् ।
उनले अक्टोवर १९ का दिन स्थानीय समय अनुसार बिहान ७ बजे शिखर चुमेका थिए । त्यसैगरी अक्टोवर २२ का दिन बिहान ७ः४० बजे, अक्टोबर २४ का दिन दिउसो १२ः२८ बजे र अक्टोबर २७ का दिन बिहान ६ बजे गरी चारपटक सफल आरोहण गरेका हुन् । उन्ले फोर्टिन पिक्स एक्सिपडिसन अन्र्तगत आरोहण दलको नेतृत्व गर्दे यो हिमालको सफल आरोहण गरेकाहुन् । हिमाल आरोहणबाटै बिश्वमा नेपालको नाम राख्ने उद्धेश्य लिएर उनले बिभिन्न कठिन हिमालहरुको सफल आरोहण गर्दे नेपालको नाम बिश्व जगतमा चिनाउदै आएकाछन् । उन्ले यस भन्दा अघि पनि हिमाल आरोहणको क्षेत्रमा महत्वपूर्ण हिमाल मकालु हिमालको १६ दिनमा ३ पट सफलतापूर्वक आरोहण गरेर बिश्व र्कीतिमान कायम गरी सकेकाछन् । युवा आरोहीको सफलतापूर्वक भएको हिमाल आरोहणले हिमाल अरोणको क्षेत्रमा आन्तरिक र बाह्य आरोहिहरुलाई आकर्षित गरी रहेको छ ।