बेनी नगरपालिका–७ मङ्गलाघाटका हरिकुमार श्रेष्ठले दसैँ तिहारको लागि करिब रु दुई लाखको झिनिया बिक्री गरे।

मङगलाघाटकै कल्पना श्रेष्ठलाई पनि झिनिया बनाउन भ्याइनभ्याइ छ। हरिकुमार र कल्पना मात्र नभइ बेनीका उद्यमीहरूका लागि झिनिया आम्दानीको स्रोत बनेको छ। “तिहारका लागि झिनीयाको माग बढेकाले भ्याई नभ्याई भएको हो,” हरिकुमारले भने, “तिहारको समयमा धेरै माग र खपत हुने झिनिया अन्य समयमा पनि राम्रै बिक्री भइरहेको छ।”

हेर्दा आकर्षक, खानालाई स्वादिलो, सजिलो तथा तयारी खाजाको रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा झिनिया रोटीको खपत धेरै हुनेगर्छ। तिहारका लागि दसैँ सकिएदेखिनै झिनिया बनाउन थालेकी उद्यमी कल्पनाले माग धान्न मुस्किल परेको बताए।

“पोखराबाट रु दुई लाखको झिनियाको माग आएको थियो,” उनले भने “राम्रोसँग घाम नलाग्दा पोखराको माग पुर्‍याउन सकिएन्। बेनीकै ग्राहकलाई बल्लतल्ल पुर्‍याएको छु।” दसैँलगत्तै बेनीका उद्यमीले तिहारका लागि झिनिया बनाउन थालेका थिए। चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर निस्कने चाउचाउको जस्तो त्यान्द्रोलाई दुई दिनसम्म घाममा सुकाएपछि झिनिया तयार हुन्छ।

झिनिया घ्यू, तेलमा फ्राई गरेर खानयोग्य हुन्छ। प्रति १२ वटा झिनियालाई रु एक सय ५० का दरले बिक्री हुने गरेको छ। चाडपर्व र आफन्तलाई भेट्न जाँदा झिनिया कोसेली लैजाने चलन छ। झिनियालाई खाजाको परिकारको रूपमा पनि प्रयोग गर्न सकिन्छ।

घरमा बनाउन झञ्जट हुने, बिग्रने डर तर कोसेली लैजान सजिलो हुने भएकाले झिनिया रोजाइमा परेको बेनीका उपभोक्ता नवीन घिमिरेले बताए। बेनीका झिनिया उत्पादक तथा व्यापारीका अनुसार तिहारको समयमा एक जनाले रु दुई लाखदेखि तीन लाखको झिनिया बिक्री गर्छन्।

सदरमुकाम बेनीमा झिनिया उत्पादन गरेर बिक्री गर्ने उद्यमीको सङ्ख्या २५ भन्दा धेरै छ। झिनिया बनाउन तीन जना जनशक्ति आवश्यक पर्छ। एक दिनमा तीन जनाले ३० दर्जनसम्म झिनिया बनाउन सक्छन्।

घरायसी कामबाट बचेको फुर्सदको समय सदुयोग हुनुका साथै झिनिया बेचेर भएको आम्दानीले घर व्यवहार चलाउन सजिलो भएको उद्यमीहरूले बताएका छन्। झिनिया बनाउने मेसिन, तालिम र सुरक्षित भण्डारणका लागि आँैजार उपकरणको व्यवस्था भएमा सहज हुने उद्यमी हरिकुमार श्रेष्ठले बताए।

मङ्लबार, ४ कार्तिक, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान