केही दिन अघिको परेको अबिरल वर्षाले डेंगी सार्ने लामखुट्टेका लार्भा बगाएकाले डेंगीको सङ्क्रमण कम हुने भएको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले दसैँपछि परेको अविरल वर्षाले डेंगी सार्ने लामखुट्टेका लार्भा नष्ट गरेकाले अब सङ्क्रमण कम हुने बताए।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेंगी रोग लाग्दछ।

‘पछिल्लो वर्षाले डेंगी सार्ने लामखुट्टेका लार्भा बगाएको छ,’ उनले भने, ‘जाडो पनि सुरु हुन थालेको छ। त्यसैले अब डेंगी सङ्क्रमणको सम्भावना कम रहेको छ।’

कीटजन्य रोग शाखाका प्रमुख डा दाहालले सङ्क्रमणको जोखिम कात्तिकसम्म नै रहेकाले सतर्कता अपनाउन आग्रहसमेत गरे। उनका अनुसार अहिलेसम्म पाँच हजार ५४२ जनामा सङ्क्रमण देखिएकामा दसैँको बीचमा १९० जनामा सङ्क्रमण देखिएको छ।

उनले डोल्पा र मनाङ जिल्लाबाहेक सबैमा सङ्क्रमण देखिएको छ। सङ्क्रमणबाट अहिलेसम्म तीन जनाको निधन भइसकेको छ। कोशी प्रदेशमा ७८५, मधेश प्रदेशमा ११९, बागमती प्रदेशमा एक हजार ३१४, गण्डकी प्रदेशमा एक हजार ३५६ जना, लुम्बिनी प्रदेशमा ९७३ जना, कर्णाली प्रदेशमा ३२८ र सुदूरपश्चिम प्रदेशमा ६६७ जनामा डेंगी सङ्क्रमण देखिएको छ।

डेंगी रोकथामका लागि सरकारले प्रत्येक शुक्रबार लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गर्दै आएको छ।

बिहिबार, २३ अशोज, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !