file photo

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाहरूले सयपत्री फूलखेती विस्तार गरेका छन् । यहाँका महिला विगत तीन वर्षदेखि सयपत्री फूलखेतीमा रमाइरहेका छन् ।

पहिलो वर्ष २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका महिलाले दोस्रो वर्ष ४० रोपनी क्षेत्रफलमा फूलखेती गरेका थिए । यस वर्ष त्यसलाई विस्तार गरी ५० रोपनी क्षेत्रफल पुर्‍याएको यान्चोकटार महिला लघु उद्यमी समूहका अध्यक्ष सुन्तली गुरुङले जानकारी दिइन् । समूहमा आबद्ध महिला सयपत्री फूल खेतीतर्फ आकर्षित भएको उनले बताइन्।

बजारको समस्या नहुने भएपछि समूहमा आबद्ध महिला व्यावसायिक रुपमा फूलखेतीमा लागिरहेको उनको भनाइ छ । गाउँपालिकाले उत्पादित फूलको बजारीकरणमा सघाउँदै आएकाले सहज भएको उनले उल्लेख गरिन् । तिहार नजिकिँदै गरेकाले उत्पादित फूल टिप्न सुरु गरिएको उनले जानकारी दिइन्।

समूहमा आबद्ध ७० महिलाले सयपत्रीको फूलखेती गरिरहेका छन् । गुरुङले भनिन्, “चाडपर्वलगायत अन्य कार्यक्रमका लागि सयपत्री बाहिरबाट ल्याउन नपरोस भनेर पालिकाले फूलखेती गर्ने अभियान सुरु गरेको हो।”

गाउँपालिकाले समूहमा आबद्ध महिलालाई फूलखेतीका लागि आवश्यक सीपसमेत सिकाएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए।उनले भने, “फूलखेती गर्ने तरिका, टिप्ने तरिकासँगै माला बनाउने सीप पनि महिलाहरूलाई प्रदान गरिएको छ ।”​

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सयपत्री फूलखेतीले महिलालाई आत्मनिर्भर बन्न सहयोग पुगेको बताए।

सोमवार, २० अशोज, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान