file photo

तनहुँको भिमाद नगरपालिका–९ को भानुमतिका कृषकले अकबरे खुर्सानी उत्पादनबाट करिब ४५ लाख रुपैयाँ आम्दानी गरेका छन्। सामूहिक अकबरे खुर्सानीखेती गरेका यहाँका कृषकले रु ४५ लाख आम्दानी गरेका हुन्।

मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषक समूहमार्फत यहाँ अकबरे खुर्सानीखेती गरिएको भानुमति कृषक समूहका अध्यक्ष इमानबहादुर थापाले जानकारी दिए। यहाँका ३५ जना कृषक अकबरे खुर्सानीखेतीमा आबद्ध छन्।

कृषक अखिल सारु मगरले यस वर्ष अकबरे खुर्सानी बिक्रीबाट सात लाख रुपैयाँ आम्दानी गरिसकेका छन्। करिब १२ लाख रुपैयाँ आम्दानी हुने उनको अनुमान छ। कृषक जयकुमार थापाले खुर्सानी बिक्री गरी एक लाख ५० हजार रुपैयाँ आम्दानी भएको जानकारी दिए।

उनले मकै र कोदो रोप्ने बारीमा अकबरे खुर्सानी गरेको बताए। असारदेखि अकबरे खुर्सानी बजार पु¥याइएको उनले उल्लेख गरे।

यहाँको कटनछाप, पाथर्दी, सखेप, पाइमे, जौपानीममा व्यक्तिगतसँगै सामूहिक अकबरे खुर्सानीखेती गरिएको छ। वडालाई अकबरेखेतीको पकेट क्षेत्र बनाउन ५० हजार बेर्ना कृषकलाई वितरण गरिएको थापाले बताए

अकबरे खुर्सानी बिक्रीबाट यहाँका कृषकले न्यूनतम रु ७० हजार आम्दानी गरेका छन्। उनले भने, ‘अकबरे खुर्सानीले यहाँका कृषकको मुहारमा खुसी ल्याएको छ।’ अकबरे खुर्सानी पिरो भए पनि यसको आम्दानीले कृषकको जीवन गुलियो बनाएको थापाको भनाइ छ।

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्न यहाँका स्थानीयवासी अकबरे खुर्सानीखेतीमा लागेका हुन्। उक्त खेतीबाट कृषकहरुले वार्षिक दुई लाख ५० हजार केजी खुर्सानी उत्पादन गर्ने लक्ष्य राखेका छन्।

उत्पादन भएको खुर्सानी पोखरा, भिमाद, खैरेनीटारका बजारहरुमा बिक्री गरिएको छ। उनले भने, ‘बजारको समस्या छैन, माग धेरै छ।’ हाल बजारमा प्रतिकेजी तीन सयदेखि पाँच सय रुपैयाँ थोक मूल्य रहेको छ। खुर्सानीको बिरुवा उत्पादनका लागि वडा नम्बर ९ ले एक लाख रुपैयाँ अनुदान दिएको थियो। रासस

आइतवार, १९ अशोज, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !