पछिल्लो समय दशैं, तिहारमा उत्साहकासाथ पिङ खेल्ने परम्परा हराउँदै गएको छ । सुदूरपश्चिमको बाजुरा, अछाम, बझाङ, बैतडी लगायतका जिल्लामा चाडबाडको बेला उत्साहका साथ खेलिने पिङ पछिल्लो समय देखिनै छाडेका छन् । पहिले यहाँका गाउँबस्तीमा जताततै देखिने पिङ अहिले लोपन्मुख अवस्थामा पुगेका हुन् ।

पहिलेको जस्तो चाडपर्वको आगमनसँगै गाउँघरका चौतारा, रुखतिर पिङ हालिने परम्परा पछिल्लो समय विस्तारै हराउँदै गएको हो । दशैंको बेला धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा गाउँघरमा एकपटक भए पनि स्थानीयले पिङ हालेर रमाइलो गर्ने गर्दथे तर पछिल्लो समय यो परम्परा हराउँदै गएको बडीमालिका नगरपालिका–७ का स्थानीय हिरालाल पाध्यायले बताए ।

दशैं, तिहारजस्ता चाडपर्वमा गाउँ शहर जताततै पिङ हालिन्थ्यो, आ–आफ्ना साथीभाइ, दौँतरीसँग भेला भएर चचहुइई गर्दै पिङमा मच्चिएर रमाइलो गर्ने गरिन्थ्यो तर पछिल्लो समय परम्परा हराएको स्थानीय पाध्यायको भनाइ छ । नयाँ आधुनिक सुविधामा मानिसहरु तानिएको हुँदा पिङ हाल्ने प्रवृति हराएको उनको बुझाई छ ।

दशैं, तिहारमा पिङ खेल्ने संस्कृति अहिलेका नयाँ पुस्ताले बिर्सदै गएको प्रति बुढापाखाले चिन्ता समेत व्यक्त गरेका छन् । बाजुराका ९ वटै स्थानीय तहमा पहिले तामझामका साथ रमाइलो गरेर खेलिने पिङ पछिल्लो समय लोपन्मुख अवस्थामा पुगेको हो । चाडबाडको सम्झना दिने, गाउँघरमा थप रमझम बढाउने यस्ता परम्परालाई नयाँ पुस्ताले पनि निरन्तरता दिनुपर्ने कुरामा बुढापाकाले जोड दिएका छन् । पुराना संस्कृतिलाई नयाँ पुस्ताले पनि अनुशरण गर्न आवश्यक रहेको उनीहरुको भनाइ छ ।

पिङको लागि बाबियो काटेर लुठो बाटी वरपर चार वटा खामा गाडेर बनाइन्छ । त्यस्तै खाली बाबियो बाटेर एउटा रुखको हाँगामा वरपर बाँधेर पनि पिङ खेल्ने गरिन्छ । नयाँ प्रविधिका कारण दशैं र तिहारमा निर्माण गरेर खेलिने पिङको प्रचलन विस्तारै हराउँदै गएको जानकारहरु बताउँछन् ।

बाजुरामा दशैं, तिहारमा खेलिने पिङ, विभिन्न मेला, देउडा लगायतका परम्परा विस्तारै लोप हुँदै गएका छन् । यसरी पुराना परम्परा लोप हुँदै जाँदा स्थानीय संस्कृतिको जगेर्ना तथा सम्बद्र्धनमा असर पर्दै गएको छ । परम्परागत ज्ञान, सिप र प्रविधिमा आधारित रहेर बनाइने पिङको सिप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा लोपन्मुख अवस्थामा पुगेको हो ।

आइतवार, १२ अशोज, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !