नेपाल टेलिकमले मनाङ जिल्लाका अत्यन्तै दुर्गम तथा विकट स्थानहरुमा फोरजी सेवा विस्तार गरेको छ। टेलिकमले नयाँ बीटीएस स्थापना गरी मोबाइल सेवाको सञ्चालन तथा कतिपय स्थानहरुमा गुणस्तर अभिवृद्धि गरेको हो।

पिसाङ, ङावल, टंकी मनाङ र खाङसारमा भीस्याट प्रविधिबाट टुजी सेवा सञ्चालन हुँदै आएकोमा असोज ४ देखि फोरजी सेवा सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ।

भौगोलिक विकटताका कारणले रेडियो लिंकबाट समेत सेवा सञ्चालन गर्न नसकिएको अवस्थामा बेँसीसहर-खाङसार एडीएसएस लिंक सञ्चालन भएपछि उक्त क्षेत्रमा फोरजी मोबाइल सेवा सञ्चालन सम्भव भएको हो।

तिलिचो बेस क्याम्प र थोरोङफेदीमा पनि फोरजी मोबाइल सेवा सञ्चालनका लागि प्रक्रिया अघि बढिसकेको टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार चामे गाउँपालिका-३ स्थित कोटो गाउँमा मोबाइल नेटवर्कको कभरेज राम्रो नभएको गुनासोलाई सम्बोधन गर्न सेवाको गुणस्तरका सम्बन्धमा स्थानीय बासिन्दा तथा हाइड्रोपावर क्षेत्रमा काम गर्ने सयौँ ग्राहकको मागलाई ध्यानमा राख्दै नयाँ बीटीएस स्थापना गरी असोज १ गतेदेखि टुजी र फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याइएको छ।

यसैगरी, नासोङ गाउँपालिका-१ तालगाउँमा टुजी र थ्रीजी सेवा प्रवाह हुँदै आएकोमा असोज ५ गतेदेखि फोरजी सेवा थप गरी सञ्चालनमा ल्याइएको छ। यस स्थानमा थप गरिएको फोरजी सेवाको बीटीएसले लमजुङ जिल्लाको उत्तरी खण्डको च्याम्चे क्षेत्रलाई समेत कभरेज गर्नेछ।

मनाङ जिल्लाका धेरै स्थानमा सेवाको स्तरोन्नतिका साथै नयाँ सेवा सञ्चालनमा आएसँगै नार्पाभूमी गाउँपालिकाबाहेकका अन्य सम्पूर्ण पालिकाहरुमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवा पुगेको टेलिकमको भनाइ छ। नार्पाभूमीका नार र फू गाउँ तथा नासोङ गाउँपालिकाको भिम्थाङ कोठी गाउँमा भने भीस्याट प्रणालीबाट सेवा सञ्चालन भइरहेको छ।

आइतवार, ५ अशोज, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !