Trending
इन्द्रजात्रा (येँया) बिहीबारबाट विधिवत् रूपमा सुरु भएको छ । आज बिहान १०:३१ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान (य:सिं) पश्चात् विधिवत् रूपमा इन्द्रजात्रा सुरु भएको मानिन्छ ।
आठ दिनसम्म चल्ने जात्राको पहिलो दिन पुलुकिसी, लाखे, सव:भकु पनि निकालिन्छ । विशेषत: आजको दिनलाई ‘उपाकु’ भनिन्छ । आजको साँझ नेवार समुदायबाट मृतकको सम्झनामा बत्ती (पाल्चा:) दिँदै नगर परिक्रमा गर्ने पनि परम्परा रहिआएको छ । इन्द्रजात्राको अन्तिम दिन नानीचा या: मा लिङ्गो (य:सिं) ढालेपछि यो जात्रा समापन भएको मानिन्छ ।