नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) चन्द्रकुबेर खापुङले दर्ज्यानी चिन्ह पाएका छन् । आज (बिहीबार) गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई आइजीपीको दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

गत भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी नियुक्त गरेको थियो । निवर्तमान आईजीपी दीपक थापाले हिजोदेखि अवकाश पाएसँगै खापुङ नेपाल प्रहरीको ३२औं आईजीपी बनेका हुन् । खापुङ करिब ३ महिनामात्रै आईजीपी बन्ने छन् । ३० वर्षे सेवा हदको कारण उनी आगामी मंसिर २३ गतेबाट अवकाश जाँदैछन् ।

दर्ज्यानी चिह्न सुशोभन समारोहलाई सम्बोधन गर्दै नवनियुक्त आईजीपी खापुङलेआफ्नो कार्यकालमा सकेको राम्रो गर्ने प्रतिवद्धता व्यक्त गरे । सकेको राम्रो गर्ने, तर नराम्रो नगर्ने उनले बताए । उनले अपराध अनुसन्धानमा गहन चुनौती रहेको पनि बताए । ‘एआई, साइबर, क्रिप्टोलगायत ट्रान्सनेशल अपराध नियन्त्रण गर्न प्रहरीको क्षमता विस्तार गर्नुपर्ने उनको भनाइ छ ।

बिहिबार, १९ भदौ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान