यहाँको भरतपुर महानगरपालिकाका एक युवक सजावटमा प्रयोग हुने फूलको व्यावसायिक खेतीमा जुटेका छन्। भरतपुर महानगरपालिका-७ निवासी शुलभ श्रेष्ठले हाल सजावटमा प्रयोग हुने फूल कामिनी (बज्रदन्ती) र जिप्सीको व्यावसायिक खेती सुरु गरेका हुन्।

यी फूलहरू विवाह, व्रतबन्ध, भोजभतेर र महत्त्वपूर्ण कार्यक्रममा सजावटमा प्रयोग हुने गर्छन्। विगत १३ वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएका श्रेष्ठले पछिल्लो समय सजावटमा प्रयोग हुने फूलखेती सुरु गरेका हुन्। उनले भने, ‘बुबाले गरेको व्यावसायिक फूलखेतीलाई अझै परिस्कृत गर्दै अहिले मैले अघि बढाएको हुँ।’

विगत तीन वर्षदेखि सजावटमा प्रयोग हुने फूलको खेती गर्न थालेको उनले बताए। ‘बुबाले सयपत्री फूलको व्यापार गर्नुहुन्थ्यो। मैले यसैलाई विस्तार गरेँ’, उनले भने, ‘कोरोनाभन्दा पहिला काठमाडौंमा बसेर विज्ञापनको ‘कास्टिङ डाइरेक्टर’को काम गर्थेँ। कोरोनाकालमा घर आएँ। सोही समयमा फूलको माग बढेको देखेर यही काममा लागेँ।’

बजारमा कामिनी फूल ८० रूपैयाँदेखि एकसय र जिप्सी दुई हजार रूपैयाँसम्म पर्ने गर्दछ। कामिनीको हाँगासहित बिक्री हुँदै आएको छ।

सुरुवाती समयमा परीक्षणका रूपमा यी फूल खेती गरेको भएपनि अहिले यसलाई व्यावसायिकरूपमा विस्तार गरेको श्रेष्ठले बताए। हाल यहाँ उत्पादित फूल चितवनसहित काठमाडौं, पोखरा, वीरगञ्ज, बुटवल, दाङसम्म पठाउने गरेको उनले बताए। व्यवसायलाई अझै बढाउने तयारीमा रहेका ३८ वर्षीय श्रेष्ठले परिवारका सदस्यबाहेक १९ जनालाई रोजगारी दिएका छन्।

उनले चितवन र नवलपरासीमा गरी तीन बिघा क्षेत्रफलमा कामिनीसहित अन्य फूल लगाएका छन्। ‘पहिले सयपत्री फूलको माला १० रूपैयाँमा किनिदिनुस् भनेर भन्दा पनि बिक्री हुँदैनथ्यो। अहिले भएको व्यवसाय देखेर सन्तुष्ट छु’, सुरुवातका दिन सम्झँदै उनले भने, ‘रातभरि माला बुनेर बिहान बजारमा बिक्रीका लागि लैजाँदा किनिदिने मान्छे कोही हुँदैनथ्यो। अहिले फूलको प्रयोग बढ्दै गएको छ।’ उनी हाल पुष्प व्यवसायबाट सफलता हासिल गर्न सकिन्छ भन्ने प्रेरणाको स्रोत बनेका छन्। रासस

मङ्लबार, १७ भदौ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !