नेपाली महिला राष्ट्रिय फूटबल टिमकी कप्तान सावित्रा भण्डारी (साम्बा) सम्मानीत भएकी छन् । भण्डारी सेवा समाज नेपालले आज काठमाडौमा एक कार्यक्रम गरी फूटबल खेलको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाएको भन्दै भण्डारी सेवा समाजले सम्मानीत गरेको हो । उन्लाई नौमती पञ्चेबाजाले स्वागत गर्दे दोसल्ला र नगदसहित भण्डारी राष्ट्रिय गौरवबाट सम्मानीत गरीएको हो । उन्लाई भण्डारी सेवा समाजले आजिवन सदस्यतासमेत प्रदान गरेको थियो । सम्मान कार्यक्रमपछि बोल्दै कप्तान साम्बा भण्डारीले खेलको माध्यमबाट पनि आफ्नो मूलुकलाई विश्वसामु चिनाउन सकीने भन्दै दुरदराजबाट आएर यो स्थानसम्म पुग्नु आफ्नो एक्लो मात्र नभई सबै नेपालीको सफलता भएको बताउनुभयो । आफूले मोजाको भकुण्डो बनाएर फूटबल सिकेको भन्दै रुची र मेहनत गरे छोरी मान्छेले पनि जुनसुकै काम गर्न सकीने बताउनुभयो । उहाँले सिमित स्रोत र साधनकाबीच आफूले फूटबल खेलेको भन्दै पछिल्लो समय नेपाली युवाहरुमा फूटबल खेलप्रति आकर्षण बढेको पनि बताउनुभयो । उहाँले आगामी दिनमा भण्डारी सेवा समाजसंग मिलेर अगाडी बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा भण्डारी सेवा समाजका केन्द्रीय अध्यक्ष वीरबहादुर भण्डारीले इतिहाँसमा पनि भण्डारीहरुको भूमिका महत्वपुर्ण रहेको भन्दै देश विदेशसम्म भण्डारीको मात्र नभई साम्बाले देशकै इज्जत राखेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले भण्डारी सेवा समाजले बिभिन्न सामाजिक काम गर्दे आएको भन्दै आगामी दिनमासमेत यस्ता प्रसंशनिय कामलाई महत्व दिने बताउनुभयो । भण्डारी सेवा समाज नेपालका प्रमुख संरक्षक जीवन भण्डारीले अन्तर्राष्ट्रिय स्तरमा साम्बाले नेपालको नाम राखेको भन्दै नेपालको र्रांष्ट्रिय झण्डा ओढाएर सम्मानीत गर्नुभयो । लम्जुङको बाँसबारीमा जन्मिएकी साम्बाले युरोपका प्रतिष्ठित क्लबहरुको टिममा खेल्नु भएको छ भने उहाँ नेपाली फूटबलमा युवाहरुको प्रेरणाको स्रोतसमेत बन्नु भएको छ । कार्यक्रममा भण्डारी सेवा समाजका संस्थापक अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षलगायतले पनि आ–आफ्नो धारणा राख्नु भएको थियो ।

शनिबार, १४ भदौ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान