बेथानचोक गाउँपालिकामा ‘कोसेली घर’ सञ्चालनमा ल्याइएको छ । गृहिणी महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा कोसेली घर सञ्चालनमा ल्याइएको हो ।

कोसेली घरको बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादेले आइतबार एक कार्यक्रमकाबीच उद्घाटन गरे । उनले कोसेली घर थप व्यवस्थापनका लागि सहयोग गर्ने जनाउँदै उद्यमशीलता विकाससँगै आर्थिक समृद्धिमा कोसेली घर प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

‘उत्पादित सामग्रीको बजार व्यवस्थापन गर्न गाउँपालिकासँग समन्वय गरी प्रदेश सरकारले सहयोग गर्नेछ’, उनले भने । प्रदेश सरकारको १८ लाख २१ हजार दुई सय ८५ र गाउँपालिकाको ५० प्रतिशत लागत साझेदारीमा ३६ लाख ४२ हजार पाँच सय ७० मा कोसेली घर सञ्चालनमा ल्याइएको हो । सञ्चालित उक्त कोसेली घरबाट प्रत्येक वडामा उद्यमशीलता तालिम, बीउ पुँजी वितरण, महिला उद्यमी समूहबाट उत्पादित सामग्री खरिद तथा कोसेली घर सञ्चालनका लागि आवश्यक कार्य गरिने जनाइएको छ ।

गाउँपालिकाका अनुसार स्थानीय एक सय १० जना गृहिणी महिलाले उद्यमशीलता तालिम लिइसकेका छन् । जसमध्ये दुई महिला उद्यमी समूह गठन गरी एक–एक लाखका दरले बीउ पुँजी वितरण गराइएको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले आर्थिक समृद्धिका लागि गृहिणी महिलालाई उद्यमसँग जोड्दै सशक्तिकरणको उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याइएको बताए ।

उनका अनुसार सीप सिकेको महिलाद्वारा उत्पादित सामग्री साबुन, रैथाने पीठो, स्याउ, दुनाटपरी, चकटी, चोया खोस्टाबाट बनेका सामग्री कोसेली घरमा राखिएको छ । गाउँपालिकाका अनुसार वडा नम्बर १ मा बुनाइ तालिम, सर्वोत्तम लिटो, सातु, बाटेको धूप, ३ नम्बरमा कोलिन, सरफ, डल्लो साबुन, झोल साबुन, वडा नम्बर ४ मा मखमलको जुत्ता, चप्पल र थैली बनाउने तालिम सञ्चालन गरिएको थियो ।

यस्तै वडा नम्बर ५ मा सिलाइकटाई र वडा नम्बर ६ मा अमिलो जातका फलफूलखेती तालिम सञ्चालन गरिएको थियो । गृहिणी महिला सशक्तिकरण कार्यक्रम काभ्रेसहित रामेछाप, दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीका ४० स्थानीय तहमा सञ्चालन भइरहेको छ । (रासस)

सोमवार, ९ भदौ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान