file photo

राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा धेरै परिवर्तन आइसकेको भन्दै मान्छेले मिठो खान, राम्रो लगाउन चाडपर्व नै कुर्नु पर्ने अवस्थाको अन्त्यको लागि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको बताएका छन्।

शीतल निवासमा शुक्रबार आयोजित तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधान, ऐन र नियमावलीमा महिला सम्बन्धमा धेरै हक अधिकारको व्यवस्था भइसकेको र अब प्रभावकारी कार्यान्वयनमा हामीले ध्यान केन्द्रित गर्न जरुरी रहेको बताए।

राष्ट्रपति पौडेलले संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण, सम्वद्र्धन र निरन्तरतामा लागिरहनुपर्ने बताए।

विगतका दिनमा असार श्रावणमा खेतीपातीमा व्यस्त रहने महिलाहरू भाद्र महिनामा पर्ने यस चाड आएपछि घरबाट बिदा लिएर माइती जाने र मिठो खाने तथा राम्रो लगाउने गरेर यो चाड मनाउने गरेको स्मरण गरे। उनले भने, ‘त्यस्तै, घरमा पाएका दुःख, कष्ट र बुहारतनका विषयमा गीतको माध्यमद्वारा आफ्नो वेदना पोख्दथे।’a

शनिबार, ७ भदौ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !