file photo

आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा ६८ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको श्रावण महिनाको प्रगति विवरण अनुसार कुल ६८,११० जनाले श्रम स्वीकृति लिएका हुन्, जसमा पुरुषको संख्या अत्यधिक रहेको छ ।

विभागको तथ्यांक अनुसार, श्रावण महिनामा ५८,९४८ जना पुरुष र ९,१६२ जना महिलाले श्रम स्वीकृति लिएका छन् । यो संख्याले वैदेशिक रोजगारीमा जाने कूल कामदारमध्ये महिलाको हिस्सा करिब १३.४५ प्रतिशत मात्र रहेको देखाउँछ ।

श्रम स्वीकृति लिनेहरूमध्ये सबैभन्दा ठूलो संख्या म्यानपावर कम्पनीमार्फत जानेहरूको छ ।

श्रावणमा ३१,८३० जनाले म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएका छन्, जसमा २९,१३० पुरुष र २,७०० महिला छन् । सोही अवधिमा २३,६४४ जनाले पुनस् श्रम स्वीकृति लिएका छन्, जसमा २०,५४७ पुरुष र ३,०९७ महिला रहेका छन् । व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या ११,७७२ रहेको छ ।

बिहिबार, ५ भदौ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान