विश्वकै दुर्लभ मानिएको ‘हिमालयन वुड आउल’ नामको चराको जोडी इलामको माईजोगमाई गाउँपालिकाको थुम्केरानी क्षेत्रमा भेटिएको छ ।

विश्वकै दुर्लभ मानिएको ‘हिमालयन वुड आउल’ नामको चराको जोडी झापाका वाइल्ड लाइफ फोटोग्रफर देवेन खरेल र कोशी बर्ड सोसाइटीका पूर्व अध्यक्ष अनिश तिम्सिनाले थुम्केरानी क्षेत्रमा क्यामेरामा कैद गरेको हो ।

उल्लु परिवार भित्रको वैज्ञानिक नाम ‘हिमालयन वुड आउल’ भएको चराको जोडी खोज अवलोकनका क्रममा फेला पार्न सफ भएको वाइल्ड लाइफ फोटोग्राफर खरेलले जानकारी दिए।

भारत, पाकिस्थानको पश्चिमी हिलाम हुँदै नेपाल, भुटान र पूर्वी तिब्बत, उत्तरपूर्वी म्यान्मार, चिन, कोरिया र ताइवानका केहि भागमा उक्त चरा पाइने गरिएको फोटोग्राफर खरेलले जानकारी दिनु भयो । नेपालमा उक्त चरा दुर्लभ रूपमा मात्र देखिने गरिएको छ । नेपालको मध्य देखि उच्च पहाडी वन क्षेत्रमा स्थाई रूपमा उक्त चरा पाइने गरिन्छ ।

उक्त चरा लगभग एक हजार मिटरदेखि तीन हजार छ सय मिटरको उचाइमा सल्ला, लोठ सल्ला र गुराँसको वनमा पाइने गरिएको चराको खोजकर्ताले दिएको जानकारीमा उल्लेख छ ।

यस पटक थुम्केरानी क्षेत्रको दुई हजार तीन सय ५० मिटरको उचाइमा उक्त चरा पाइने अभिलेख राख्न सफल भएको कोशी बर्ड सोसाइटीका पूर्व अध्यक्ष तिम्सिनाले जानकारी दिए।

कानको झुप्पा नदेखिने, गोलो टाउको भएको, खैरो र सेतो छरिएको अनुहार, खैरो शरीर, सेतो पेटमा पातलो खैरो धर्सा र पङ्खामा बार उक्त चराको शरीर रहेको हुन्छ । बाहिरी रूपमा मलाहा हुचिल जस्तो टाउकोको रूप देखिए पनि रङ र आवाजमा फरक हुन्छ ।

गहिरो दुई नोटको हू–हू शैलीको स्वर जोडीले एक आपसमा उत्तर दिने प्रकारले निकाल्ने गरेको पाइन्छ । उक्त चरा साँझ र राति सक्रिय रहने गरेको र यी चराले मुसा, भ्यागुता, साना चरा, रातका पुतली र ठुला कीरा आहार गर्ने गरेको फोटोग्राफर खरेलले जानकारी दिए ।

उक्त चराले हिउँदको अन्त्य देखि वसन्त ऋतु सम्म प्रजनन गर्ने गरेको पाइन्छ । रुखका खोच वा ढुङ्गाको पाटमा अण्डा पारी बच्चा कोरल्ने गर्दछ । विश्वव्यापी रूपमा उक्त चरा स्वस्थ वनमा आश्रित रहेकाले वन विनासलगायतका कारण बासस्थान टुक्रिदै जादा विश्वमै दुर्लभ बन्दै गएको पाइन्छ ।

वाइल्डलाइफ फोटोग्राफर खरेल र तिम्सिनाको जोडीले यस पटक बर्खे चरा खोजने क्रममा इलामको माईजोगमाई सहित जिल्लाको पूर्वी लेकाली क्षेत्रमा एक सय ३० प्रजातीका चरा फेला पारेको पाइएको छ ।

‘‘विश्वमै दुर्लभ बन्दै गएको सयौ प्रजातीका चरा यहाँका जङ्गलमा छन् तर संरक्षणको अभावमा मासिने अवस्था रहेकाले संरक्षण गर्न जरुरी छ,’’ खरेलले भने।

आइतवार, १ भदौ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान