मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर वर्षाको क्रियाकलाप सक्रिय रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान सातै प्रदेशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

पछिल्लो एक घन्टामा सर्लाहीको मलंगवामा २५ मिलिमिटर र बर्दियाको मानपुरमा २५.८ मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो तीन घन्टामा बाराको नीजगढमा ७० मिलिमिटर, सर्लाहीको मानुसमरामा ५२.६ मिलिमिटर, बर्दियाको मानपुरमा ६८.८ मिलिमिटर, सर्लाहीको मलंगवामा ३४.२ मिलिमिटर र रौतहटको रामोली बैरियामा २९.६ मिलिमिटर वर्षा भएको छ। अन्य स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भूभागका धेरै स्थानमा र मधेश प्रदेशसहित बाँकी तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

राति पनि देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। राति मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

साथै, कोशी प्रदेशको पहाडी भूभाग, मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। रासस

सोमवार, २६ साउन, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !