नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ। इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार बिहीबार मूल्य समायोजन गरेको हो।

निगमले पेट्रोलको मूल्य घटाउँदा डिजेल, मट्टितेल र हवाई ईन्धनको मूल्य बढाएको छ।

इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएसँगै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढेको छ।

त्यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलो लिटर २१ अमेरिकी डलर बढेको छ पोखरा र भैरहवाका लागि ‘ब्रेक डाउन पोइन्ट’ मा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।

निगमले एलपी ग्यासको खुद्रा मूल्य भने यथावत रहेको जनाएको छ। समायोजन गरिएको नयाँ मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुनेछ।

शुक्रबार, १६ साउन, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !