जुलाई ३०, अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस। विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ।

संयुक्त राष्ट्र संघको आह्वानमा मानव बेचबिखन जस्तो अपराधलाई न्यूनीकरण गर्ने उदेश्यसहित हरेक वर्ष जुलाई ३० तारिखका दिन विश्वभर यो दिवस मनाइन्छ । नेपालले भने बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ लाई तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएको दिनको सम्झनामा २०६४ सालदेखि भदौ २० गतेका दिन मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउँदै आएको छ। यो वर्ष ‘मानव बेचबिखन संगठित अपराध हो- शोषण अन्त्य गरौं’ भन्ने विश्व नारा तय गरिएको छ ।

बेचबिखन पछाडिका शक्तिशाली आपराधिक सञ्जाललाई भत्काउनुपर्नेमा संयुक्त राष्ट्रसंघले जोड दिएको छ। जबरजस्ती श्रम, यौन शोषण र आपराधिक गतिविधिहरूमा बाध्य पार्न मानिसलाई बेचविखनमा पार्ने गरिएको भन्दै सीमापार सहयोग, सक्रिय अनुसन्धान र बेचबिखनकर्ताहरूको पहिचान र अभियोजन गर्न प्रविधिको प्रयोगलाई बलियो बनाउन आह्वान गरिएको छ । साथै, पीडितको अधिकारको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न जोड दिइएको छ।

नेपालमा घरेलु हिंसामा परेका एकल महिला, बेसहारा, रोजगारीको खोजीमा भौँतारिरहेका महिला तथा युवती बेचविखनको जोखिममा पर्ने गरेको अधिकारकर्मी बताउँछन् । यौन व्यवसायका साथै घरेलु कामदार र श्रम शोषण, कृषि, कलकारखाना, उत्तेजक नाच, होटल रेष्टुरेष्ट, मसाज, पार्लर, सर्कस, माग्ने बनाउन, मानव अंग खरिदबिक्रीका लागि बेचबिखन ओसारपसार गरिने गरेको पाइएको छ। विगतमा भारतका विभन्न ठाउँ बेचबिखनका मुख्य केन्द्र हुने गरेकोमा अहिले नयाँ गन्तव्यका रूपमा कुबेत, साउदी अरब, बंगलादेश, चीन, दुबई, इराक परेका छन् ।

बुधबार, १४ साउन, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान