यहाँको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले कौसीमा ड्रागन फल खेती गरेर वार्षिक रु आठ लाख सम्म आम्दानी लिने गरेकी छन्। तीन वटा बिरुवाबाट कौसीमा सुरुआत गरेको सो खेती हाल १३५ वटा गमलामा विस्तार गरेकी छन्।

जिसी बारीमा ४२४ वटा बोट रापेकी छन् । घरमै खान भनी चार वर्ष पहिले सुरु गरेको खेती अहिले व्यावसायिक बनेको हो ।

‘युट्युब’बाट हेरेर प्रभावित भई जिसीले कौसीमा ड्रागन फल खेती सुरुआत गरेकी थिइन् । सुरुमा मलेसियन सी भेराइटीको जम्मा तीन वटा बिरुवा रु दुई हजार एक सयमा पनौतीबाट ल्याएर ललगाएकी थिइन्।

कौसीमा खेती सुरु गर्दा रु २५ हजार लगानी लागेको जिसीले बताइन्। उनले फल मात्र होइन बिरुवा पनि बिक्री गरेर आम्दानी लिँदै आएकी छन्।

“मैले सुरुमा आफ्नै लागि बिरुवा तयार गरेर लगाएँ, त्यसले राम्रो फल दियो, बिरुवा सफल भएपछि मैले बिरुवा बिक्री गर्न थालेँ, अहिले मकहाँ धेरैजना बिरुवा लिन आउनुहुन्छ । यसपालि करिब रु दुई लाखको त बिरुवा नै बेचेँ”, जिसीले भनिन्।

जिसीले गत असार पहिलो सातादेखि उत्पादन सुरु भएकामा तीन लट बिक्री गरी हाल चौथो लट टिप्न थालेकी छन्। उनले असार महिनामा मात्रै साढे तीन क्वीन्टल ड्रागन फल बिक्री गरिसकेकी छन्।

बजारका लागि कुनै समस्या नभएको जिसीको भनाइ छ । स्थानीय बजार र मुख्य सहरहरू नारायणगढ, काठमाडौँदेखि बुटवलसम्म उनले बिक्री गर्दै आएकी छन्।

पानी ट्याङ्की राखेका फलामका डण्डी, छतमा प्रयोग भएको रेलिङले नै पिल्लरको काम गर्ने हुँदा कौसीमा लगानी कम लाग्ने, पात नहुँदा झरेर फोहर हुने पिर नहुने, अनि धेरै घाम र थोरै पानी भए पुग्ने भएकाले, कौसी खेतीका लागि ड्रागन फ्रुट खेती एकदमै उपयुक्त रहको जिसीको अनुभव छ ।

शनिबार, १० साउन, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !