file photo

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउने बताएका छन् ।

बिहीबार नेवाः पत्रकार राष्ट्रिय दबूका पदाधिकारीले बुझाएको अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको प्रतिवेदन बुझ्दै उनले भने, “बहुजातीय, बहुभाषिक देशमा राज्यप्रति सबैको अपनत्व, संघीयताको प्रवर्द्धनका लागि मातृभाषामा पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहन्छ । यो सम्मेलनले त्यसको भूमिकालाई उजागर गरेको छ ।”

उहाँले सम्मेलनको निष्कर्ष, उठान गरेका बहसलाई कानुन निर्माणमा, राज्यको व्यवहारमा कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाए । “देशीविदेशी पत्रकारहरूको सहभागितामा तपाईँहरूले सम्पन्न गर्नुभएको सम्मेलनको आफ्नै महत्त्व र विशेषता छ । यसबाट आएको निष्कर्ष कार्यान्वयन गर्न पुरा सहयोग गर्ने छु”, उनले भने ।

पत्रकार राष्ट्रिय दबूले गत जेठ ३० र ३१ गते ‘मातृभाषा संरक्षणका लागि पत्रकारिता’ सम्मेलन आयोजना गरेको थियो । सो सम्मेलनमा बंगलादेश, भारतका विभिन्न प्रान्त र नेपालका पत्रकारहरुको सहभागिता रहेको थियो । सम्मेलनले समावेशी पत्रकारिताको विकास, समग्र पत्रकारिताको विकासमा मातृभाषा पत्रकारिताको महत्व र आवश्यकतासम्बन्धी विविध निष्कर्ष निकालेको थियो ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुनील महर्जन, महासचिव केके मानन्धर तथा सदस्यद्वय पूर्णभक्त दुवाल र विकास मालीलगायत सहभागी थिए । नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यले पत्रकारिता सुरू गरेको एक सय वर्ष पुगेको उपलक्ष्यमा पत्रकार राष्ट्रिय दबूले सम्मेलन गरेको थियो ।

समावेशी सञ्चार र मातृभाषा पत्रकारिताको विकासका लागि नेवाः पत्रकार राष्ट्रिय दबूले १३ वर्षदेखि निरन्तर वकालत गर्दै आएको छ ।

शुक्रबार, ९ साउन, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान