कालीकोटको महावै गाउँपालिका–६ को कुनी र गणेशकोटमा सिँचाइ सुविधा नहुँदा अहिलेसम्म रोपाइँ भएको छैन। सिँचाइ कुलोको सुविधा नहुँदा असारमा भइसक्ने रोपाइँ साउन लाग्दासम्म पनि हुन नसकेको हो।

सिँचाइ सुविधा नहुँदा दुवै गाउँमा ८० प्रतिशतभन्दा बढी रोपाइँ हुन नसकेको गाउँपालिका पूर्वउपाध्यक्ष मनराज शाहीले बताए। “कुनी र गणेशकोट गाउँमा ८० प्रतिशत जमिन रोपाइँ हुन सकेको छैन”, उनले भने, “यहाँका किसान दाजुभाइको मानो छरी मुरी उमार्ने सपना सपनामै सीमित रहेको छ।”

साउनको टन्टलापुर घामले गर्दा धानको बीउ पनि सुक्न थालेको पूर्वउपाध्यक्ष शाहीले जानकारी दिए। “यो समय भनेको रोपाइँ गर्ने बेलाको समय नभई रोपाइँ गरिएका खेत गोडमेल गर्ने समय हो”, उनले भने, ‘तर के गर्ने आकासे पानीको भरमा जिउने किसान अहिलेसम्म खेतमा रोपाइँ सुरु नहुँदा आफ्नो र परिवारको पेट कसरी पाल्ने भनेर चिन्तित छन्।”

गाउँमा सिँचाइका लागि नजिकैको अधेरी खोलाको पानी ल्याउनका लागि गाउँपालिकाले ठेक्का लगाएको र त्यसको काम समयमै नहुँदा समस्या भएको स्थानीय अर्जुन शाहीले बताए। “सिँचाइका लागि नजिकैको अधेरी खोलाको पानी ल्याउनका लागि ठेक्का लगाइएको छ”, उनले भने, “त्यसको काम नहुँदा रोपाइँ हुन समस्या भएको छ। सिँचाइका लागि आधा काम मात्रै भएको र सिँचाइ कुलो कहिले बन्छ थाहा नभएको पूर्वउपाध्यक्ष शाहीले बताए। -रासस

बिहिबार, ८ साउन, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !