जिल्लाको पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका-६ स्थित घोडेपानी-पुनहिल क्षेत्रमा एक वर्षमा ३० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् ।

राउण्ड अन्नपूर्णअन्तर्गत प्रसिद्ध पर्यटकीय स्थलमा कास्कीको पोखरा-नयाँपुल, घान्द्रुक हुँदै घोरेपानी र यता म्याग्दी सदरमुकाम बेनी(तातोपानी, घार, शिख हुँदै घोरेपानी र नागीलगायत क्षेत्रमा गत आर्थिक वर्ष २०८१/८२ मा ३० हजार ८८५ पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ ।

समुद्री सतहबाट तीन हजार २१० मिटरको उचाइमा अवस्थित पुनहिलबाट सूर्योदय तथा मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सवारीसाधन तथा पदैलमार्गबाट घोडेपानी हुँदै जाने गरिन्छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले दिएको जानकारीअनुसार घोडेपानीमा आगमन भएका पर्यटक २३ हजार ८६८ जनामध्ये पुरुष १२ हजार ३९६ जना र महिला ११ हजार ४७२ जना रहेका छन् । घोडेपानी र पुनहिल आसपासको अवलोकन गरी बाहिरिने छ हजार ९९७ जनामध्ये पुरुष तीन हजार ६२१ जना र महिला तीन हजार ३७६ जना रहेका छन् ।

घोडेपानी र पुनहिलमा सबैभन्दा बढी पर्यटक कात्तिक महिनामा चार हजार २१३ जना रहेकामा सबैभन्दा कम असारमा ४४९ छन् । पर्यटक प्रहरी चौकी घोडेपानीले घोडेपानी भित्रिने र बाहिरिने पर्यटकको विवरणसहितको अभिलेख राख्दै आएको छ ।

घोडेपानीमा विदेशीसँगै आन्तरिक पर्यटकले भ्रमण गर्ने गरेका घोडेपानी होटेल व्यवस्थापन समितिकी अध्यक्ष मिना पुनले बताइन । “सडक सञ्जाल बिग्रिएकाले आन्तरिक पर्यटकको सङ्ख्या घटेको छ, सडकलाई सहज बनाउन सकेमा धेरै पर्यटक ल्याउन सकिन्छ”, उनले भनिन ।

पोखरेबगरबाट घार-खिवाङ-शिख-चित्रे सडकअन्तर्गत अन्नपूर्ण-५ घोप्टेखर्कमा सडक अहिले पनि सहज छैन । घोडेपानी जाने पर्यटकले प्रयोग गर्ने पोखरेबगर-चित्रे-घोडेपानी सडकअन्तर्गत लुलिया र हल्लेखर्कको घुम्तीमा सडक भासिएपछि यात्रुवाहक बस सञ्चालन हुन नसक्दा अघिल्लो वर्ष आन्तरिक पर्यटकको सङ्ख्यामा कमी आएको समितिकी अध्यक्ष पुनले जानकारी दिइन् । म्याग्दीमा घोडेपानीबाहेक अन्य पर्यटकीय स्थलमा गएका विदेशी पर्यटकको स्थानीय प्रहरी, सरकारी निकायले तथ्याङ्क राख्ने गरेका छैनन् ।

मङ्लबार, ६ साउन, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !