पोखरा महानगरपालिका-११ का लक्ष्मी अधिकारी र टीकामाया मगर व्यावसायिक गँड्यौला मल उत्पादनमा लागेका छन्। निलबाराही कृषि तथा भर्मी कम्पोष्ट एग्रो फर्म सञ्चालन गर्दै आएका दुवैजनाले गँड्यौला मल खेती गर्दै त्यसबाट पर्याप्त आम्दानी गरिरहेका छन्। उनीहरुले गँड्यौला मलको उत्पादनसँगै तरकारी र घाँसको खेती गरिरहेका छन्।

उक्त फर्मका सञ्चालक लक्ष्मी अधिकारीले पछिल्लो समयमा गँड्यौला मलको माग बढ्दै गएको बताइन्। उनले आफ्नो फर्मबाट प्रतिकिलो ५० रूपैयाँका दरले गँड्यौला मल बिक्री भइरहेको जानकारी दिइन्। सुरुवातमा थोरै क्षेत्रफलमा गरिएको गँड्यौला मलको खेती तथा उत्पादन अहिले करिब डेढ रोपनी क्षेत्रफलमा गरिएको उनले बताइन्।

गँड्यौला मलको उत्पादनका लागि भक्तपुरको बोडेबाट गँड्यौला ल्याउने गरिएको जानकारी दिँदै अधिकारीले आफूहरूले ठूलो मात्रामा गँड्यौला मल ल्याउने गरेको जानकारी दिइन्। प्रत्येक तीन महिनाको अवधिमा गँड्यौला मल तयार हुने उनले बताइन्। हालसम्म एउटा याममा एक हजार किलोसम्म गँड्यौला मल तयार हुने गरेकामा अब भने क्षेत्र विस्तारपछि दुई हजार किलोग्रामसम्म उत्पादन गर्ने लक्ष्य राखिएको अधिकारीले बताइन्।

गँड्यौला खेतीको क्षेत्र विस्तारका क्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, कास्कीबाट ५० प्रतिशत अनुदानस्वरुप चार लाख रूपैयाँ सहयोग प्राप्त भएको अधिकारीले बताइन्।

गँड्यौला मल प्रांगारिक खेतीका लागि अति उत्तम मानिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख माधवप्रसाद लम्सालले बताए।

विशेषतः थोरै क्षेत्रफलमा खेती गर्ने, कौसी खेती गर्नेका लागि रासायनिक मलको प्रयोगको विकल्पमा गँड्यौला मल रहेको छ। ‘पछिल्लो समयमा पोखरामा कौसीखेतीको चलन बढ्दो छ’, उनले भने, ‘थोरै मात्रामा कौसी खेती गर्नेका लागि यो रोजाइमा पर्ने गरेको छ।’

गँड्यौलाले खाएर पचाएर दिशाको रूपमा फालेको मलमा भएका खाद्यतत्व पानीमा घुलनशील हुन्छन् जसलाई बिरुवाले सजिलैसँग ग्रहण गर्न सक्दछ। यस मलमा एन्टिबायोटिक, भिटामिन, हर्मोन प्राप्त हुने भएकाले अरू मलभन्दा यो बढी गुणस्तरीय मानिन्छ।

यस मलमा सामान्य माटोमा पाइने नाइट्रोजनभन्दा पाँच गुणा, फस्फोरसभन्दा सातगुणा र पोटासभन्दा ११ गुणा बढी मात्रामा पाइने कारण खेतीबालीका लागि बहुउपयोगी हुन्छ।

व्यावसायिक गँड्यौला मल खेतीमा सम्भावना देखरै आफूहरू यसतर्फ आकर्षित बनेको टीकामाया मगरले बताइन्। व्यावसायिक गँड्यौला मलखेतीका माध्यमबाट आयआर्जन गर्ने लक्ष्यका साथ आफूहरू निरन्तर यसमा लागिपरेको उनको भनाइ छ। रासस

सोमवार, ५ साउन, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !