अजिरकोट गाउँपालिकामा व्यावसायिक स्याउ खेतीको परीक्षण सफल भएको छ । वडा नं २ को मूलखर्क र नब्लुका दुई वटा स्याउ फार्ममा तीन वर्षअघि परीक्षणका रूपमा लगाइएको स्याउले यस वर्षदेखि उत्पादन दिन सुरु गरेको व्यवसायीले बताएका छन् ।

बिरुवामा ५० प्रतिशत अनुदान दिने कार्यक्रमअन्तर्गत अजिरकोट वडा नं २ मा समुन्द्रदेखि २२०० मिटर उचाइमा अवस्थित मूलखर्क जडीबुटी तथा स्याउ फार्म र नब्लु स्याउ फार्ममा लगाइएको स्याउका बोटमा यस वर्ष फल लागेका छन् । स्थानीय व्यवसायीहरू सञ्जीव लामाले मूलखर्क स्याउ फार्ममा ४०० र भीम तामाङले नब्लु स्याउ फार्ममा ४०० वटा बिरुवा रोपेका थिए ।

दुवै फार्ममा लगाइएको स्याउका बोटमा एक हजारदेखि एक हजार ५०० केजीसम्म फल फलेको पालिकाका कृषि विकास अधिकृत शम्भु थापाले बताए। ‘तीन वर्षअघि परीक्षणका रूपमा लगाएको अहिले दुवै फार्ममा लटरम्मै स्याउको दाना फलेका छन्, यसलाई परीक्षण सफल भएको मानेका छौँ’, उनले भने, ‘परीक्षण सफल भएसँगै व्यावसायिक स्याउ खेतीको क्षेत्र विस्तार गर्ने योजना पालिकाको छ ।’

पालिकाको वडा नं १ र २ स्याउ खेतीका लागि उपयोगी रहेको उनले जानकारी दिए । गाउँपालिकाले २०७९ सालमा परीक्षणका रूपमा स्याउका बिरुवा रोपेको व्यवसायी सञ्जीव लामाले बताए ।

आइतवार, ४ साउन, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !