file photo

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले किमाथांका नाकालाई देशकै एक महत्त्वपूर्ण नाका भएको बताएको छन् । शनिबार संखुवासभाको चैनपुरमा आयोजित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन समारोहमा बोल्दै उनले यो नाका १२ महिना सञ्चालन गर्न सकिने भएकाले सरकारले विशेष प्राथमिकताका साथ अगाडि बढाएको बताए।

मन्त्री खड्काले किमाथांका नाकामा चीन सरकारको पनि चासो रहेको उल्लेख गर्दै यस नाकाको पूर्वाधार निर्माणमा चिनियाँ सहयोग प्राप्त हुने जानकारी दिए। “सडक सञ्जाल जोडिएपछि नाका सञ्चालनमा आउनेछ, जसले व्यापार र कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने उनले बताए । साथै, त्रिदेशीय सम्बन्धलाई सन्तुलनमा राख्दै अघि बढ्नुपर्नेमा पनि मन्त्री खड्काले जोड दिए।

उहाँले संखुवासभामा रहेका ठुला जलविद्युत् आयोजनामा भारत सरकारको लगानी रहेको उल्लेख गर्दै दुबै छिमेकी मुलुकसँग समन्वय गर्दै विकासका काम अघि बढाउनु आवश्यक रहेको बताए।

नव उद्घाटन गरिएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयमार्फत जलस्रोतको दीगो उपयोग गरी कृषि उत्पादनमा वृद्धि गर्ने लक्ष्य लिएको मन्त्री खड्काले जानकारी दिनुभयो । प्राविधिक, व्यवस्थापकीय र सामाजिक पक्ष समेटिएको उक्त आयोजनाले चार जिल्लामा सेवा पुर्‍याउनेछ ।

“स्रोत र सम्भावना भएर पनि संखुवासभापछि परिरहेको थियो, अब जनताको चाहनाअनुसार बजेट विनियोजन गरिएको छ,” मन्त्री खड्काले भने। ऊर्जा क्षेत्रको ८० प्रतिशत काम मन्त्रालयले सम्पन्न गरिसकेको पनि जानकारी मन्त्री खड्काले जानकारी दिए।

शनिबार, ३ साउन, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !