असार अन्तिमदेखि पानी पर्न थालेपछि सुनसरीका किसानले राहत महसुस गरेका छन्। धान रोपाइँ गर्ने बेला घर्किनै लाग्दासमेत पानी नपरेपछि भोक्राहा नरसिंह गाउँपालिका-४ का सुरेन्द्र उराँवले बोरिङ गरेको पानी तानेर धान रोपेका थिए।

पानी नपरेपछि रोपिसकेका धानको रोपोसमेत सुकेर चिरा परेको थियो। तीन दिनदेखिको वर्षाका कारण थोरै भएपनि राहत महसुस भएको उराँवले बताए।

समयमै वर्षा नहुँदा यहाँका किसानले राखेको धानको ब्याड र रोपोसमेत सुक्न थालेको बेला परेको पानीले धानखेती गर्ने किसानलाई राहत मिलेको स्थानीय विनोद मेहताले बताउँछन्।

गत सोमबारदेखि बुधबारसम्म लगातार वर्षा भएपछि धान रोपाइँ गर्न सहज भएको उनको भनाइ छ। आकाशे पानीको भरमा खेती गर्दै आएका भोक्राहा, कोसी, हरिनगर, देवानगन्ज इनरुवालगायतका क्षेत्रका कृषकले रोपेको धानको रोपो फेरी हरियो फर्किन थालेको स्थानीय सञ्जय मेहताले बताए।

आकाशे पानीको भरमा रहेका किसानलाई यही अवस्था रहिरहेमा धानबाली गुम्ने खतरा थियो। जिल्लामा हाल ४८ हजार ९ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिए। रासस

शनिबार, ३ साउन, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !