म्याग्दीको मालिका गाउँपालिका-४ च्युरीबोटमा विद्युतीकरण भएको छ। नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत च्युरीबोटमा केन्द्रीय लाइनको विद्युत् सुविधा विस्तार भएको हो।

प्राधिकरणको म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले च्युरीबोटका १३० घरमा विद्युतीकरण गरिएको जानकारी दिए। मुख्य, शाखा लाइनको पोल गाड्ने, तार तान्ने, एकसय केभीए क्षमताको ट्रान्सफर्मर जडानका साथै घरघरमा वायरिङ र मिटरबक्स जडान भएपछि विद्युत् आपूर्ति गराउन थालिएको उनले बताए।

च्युरीबोटका बासिन्दाले यसअघि उज्यालोका लागि दाजुङखोला लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दै आएका थिए। केन्द्रीय लाइनको विद्युत् सुविधा भएपछि उज्यालोका साथै घरायसी काम, विद्यालयमा कम्प्युटर विषयमा पठनपाठन, मोबाइल, टेलिभिजनलगायत विद्युतीय उपकरण प्रयोग र इन्टरनेट सेवा प्रयोगमा सहज भएको च्युरीबोटका बासिन्दा रेशम पुनले बताए।

म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ देखि २२ करोड रूपैयाँ बजेटको योजना सञ्चालन गरेको छ।

यस योजनामार्फत यसअघि मालिका गाउँपालिका-१ निस्कोट, २ रुम, ३ डाडागाउँ, पात्ले, वडा नं ४ ओखरबोटका ६ सय, धवलागिरि गाउँपालिकाको मलम्पारका ६० र बुलका ३० घरमा विद्युतीकरण भइसकेको छ।

धवलागिरि गाउँपालिकाको लुलाङमा मिटरबक्स जडानको काम भइरहेको छ। मालिका गाउँपालिकाको महभिर र धवलागिरि गाउँपालिकाको मल्कवाङमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए। रासस

मङ्लबार, २४ असार, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !