काठमाडौँबाट नजिक रहेको रसुवागढी नाका हुँदै मित्रराष्ट्र चीनको तिब्बतस्थित केरुङ बजार नेपाली व्यवसायीको रोजाइमा परको छ ।

रसुवा जिल्लाका बासिन्दालाई मात्र प्राप्त हुने सीमा परिचयपत्रका आधारमा केरुङमा व्यापार–व्यसाय गर्न पाउने सुविधा भएसँगै बाहिर जिल्लाका बासिन्दाको समेत बसाइँसराइका आधारमा सो परिचयपत्र लिन दौडधुप गरेको देखिन्छ ।

उक्त परिचयपत्रवाहकले व्यावसायिक कामकाजका सन्दर्भमा उक्त नाका हुँदै केरुङ आइजाइ गर्न पाउने व्यवस्था छ । अध्यागमन कार्यालय रसुवागढीले चालु आर्थिक वर्षमा २४२ रसुवावासीलाई सीमा परिचयपत्र प्रदान गरेको छ ।

रसुवागढी अध्यागमन कार्यालय घट्टेखोलाका वरिष्ठ अध्यागमन सहायक मेघराज शर्माका अनुसार कति रसुवावासीसँग यस किसिमको पास भएको भन्ने यकिन तथ्याङ्क नभए पनि अहिलेसम्म करिब ३० हजार रसुवावासीले सीमा परिचयपत्र लिएको अनुमान छ ।

अन्यत्रबाट रसुवामा बसाइँ सरेपछि प्राप्त गर्न सकिने सीमा परिचयपत्र लिई केरुङमा व्यापार–व्यवसाय गर्नेको सङ्ख्या वृद्धि भइरहेको अध्यागमन सहायक शर्माले जानकारी दिए । अध्यागमन कार्यालयका अनुसार एकपटक पास लिएपछि हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान रहेको छ ।

जिल्लास्थित राजनीतिक पार्टीका नेता तथा नागरिक समाजका अगुवाले सीमा परिचयपत्र वाहकले केरुङमा घर भाडामा लिन र ढुक्कसँग व्यापार–व्यवसाय गर्न पाउने भएपछि बसाइँसराइ आउनेको सङ्ख्या वृद्धि भएकाले यसबाट भविष्यमा अनेकौँ समस्या सिर्जना हुनेसक्नेतर्फ सम्बद्ध निकायको ध्यानाकर्षण गरेका छन् ।

पछिल्लो समय बसाइँसराइको सङ्ख्या बढेपछि जग्गाधनी प्रमाणपुर्जा, घर निर्माणसहित विद्युत् महसुल तिरेको प्रमाणपत्र र सम्बन्धित वडाको सिफारिससमेत आवश्यक हुने प्रावधान राखेसँगै बाहिर जिल्लाबाट यहाँ आउनेको सङ्ख्या कमी हुने अपेक्षा गरिएको छ ।

यसै सन्दर्भमा माइती नेपाल रसुवागढी शाखाकी सीमा इन्चार्ज बीरू तामाङले रोजगारीका लागि रसुवागढीनाकाबाट ५०० नेपाली महिला केरुङ गएका छन् । रोजगारीका लागि केरुङ गएका ती महिलामध्ये २०÷२५ जनाले आफ्नै लगानीमा पसल सञ्चालन गरेका र बाँकीले होटल, पसल तथा तिब्वेतियनको घरमा रोजगारी गरिरहेको इन्चार्ज तामाङले जानकारी दिए ।

केरुङ आवतजावत गर्ने व्यवसायीले दिएको जानकारीअनुसार नेपालीले केरुङमा करिब २० वटा होटल तथा लज खोलेका छन् । यसरी केरुङमा होटल खुलेपछि आफ्नोपन महसुस गरी सुपथ मूल्यमा दालभात खान र सुत्न नेपालीलाई सहज भएको छ ।

यसैगरी, खुद्रा पसलबाहेक १५/२० जनाले सिलाइबुनाइ गर्ने, करिब १५ जनाले सुनका गरगहना बनाउने र अन्य व्यक्ति मजदुर पेसामा रमाइरहको बताइएको छ ।

यसैगरी, यस वर्ष रसुवागढी नाकाबाट मानसरोवर कैलाश तीर्थका लागि दुई हजार ३९८ पुरुष र एक हजार ६१४ महिला गएको अध्यागमन कार्यालय रसुवाले जनाएको छ । रासस

शनिबार, २१ असार, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान