युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक सीप विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत व्यावसायिक तथा सीप विकास तालिम केन्द्रमार्फत चालु आवमा ३८ वटा सीपमूलक तालिम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।

यस वर्ष तालिममा सहभागी ७८७ जनाले १० किसिमका सीप आर्जन गरेको तालिम केन्द्रका निमित्त प्रमुख डिल्लीराज सुवेदीले जानकारी दिए। पछिल्लोपटक आयोजित तीनमहिने तालिममा २०४ जनाले सहभागिता जनाएका छन्। उक्त अवधिमा मोबाइल मर्मत, प्लम्बिङ, सिलाइकटाइ, कुक, ब्यूटीपार्लर, फेशन डिजाइन, सैलुन, मण्टेश्वरीलगायत विषयमा तालिम प्रदान गरिएको थियो।

आगामी आवमा एक हजार चार सय युवालाई सीपमूलक तालिम प्रदान गर्ने योजना रहेको सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले बताए। उद्यमशीलता प्रवर्द्धनका लागि बिउपूँजी र ब्याजनमा अनुदानसमेत दिइने मन्त्री थापाले बताए।

‘सीप सिकेर स्वेदशमै उद्यम गर्न चाहाने युवालाई प्रदेश सरकारले आर्थिक सहायता उपलब्ध गराउँछ, बैंकबाट सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने र ब्याजमा अनुदान दिने व्यवस्था मिलाइएको छ’, उनले भने, ‘उद्यम सञ्चालन गर्न आर्थिक अवस्था कमजोर भएकाको साथमा प्रदेश सरकार छ।’

केन्द्रले आगामी आवमा युवाहरुलाई लक्ष्य गरी सीप विकासका थप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

शुक्रबार, २० असार, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान