उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले सीमावर्ती क्षेत्रका विपन्न परिवारलाई च्याङ्ग्रा वितरण गरेको छ। लोमान्थाङ गाउँपालिकाले त्यहाँका स्थानीय परिवारको आर्थिक अवस्थामा सुधार पुगोस् भनेर च्याङ्ग्राको माउ वितरण गरेको हो।

चालु आर्थिक वर्ष २०८१/८२ को वार्षीक कार्यक्रमअनुसार त्यहाँका ३५ विपन्न परिवारलाई एक सय च्याङ्ग्राको माउ वितरण गरिएको लोमान्थाङ गाउँपालिकाका पशु सेवा शाखाका नायव पशु स्वास्थ्य प्राविधिक दिलीप पुर्जाले जानकारी दिए।

लोमान्थाङका विपन्न नागरिकको जीवनस्तर उकास्न पाँचवटै वडामा सात-सातवटा च्याङ्ग्राको माउ वितरण गरिएको हो। गाउँपालिकाले विपन्न नागरिकलाई च्याङ्ग्रा वितरण गर्न १० लाख रूपैयाँ खर्च गरेको प्राविधिक पुर्जाले बताए।

विपन्न परिवारलाई उनीहरुको जिवनस्तर उकास्न दुईवर्ष उमेरको प्रजनन् अवस्थाको वयस्क च्याङ्ग्राको माउ वितरण गरिएको लोमान्थाङ गाउँपालिकाले जनाएको छ। रासस

बिहिबार, १९ असार, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !