Trending
काठमाडौको चाबहिलस्थित कुमारीगालमा रहेको ‘इलिक्सर एकेडेमी’ ले एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा यस वर्ष इलिक्सर एकेडेमीबाट एसईईमा सहभागी ३८ जना विद्यार्थीहरूमध्ये १८ जनाले ४ जिपिएसहित शतप्रतिशत विद्यार्थीले ३.७३ जिपिए भन्दा माथि ए प्लस प्राप्त गर्न सफल भएका हुन् ।
इलिक्सर एकेडेमीले संस्कारसहितको शिक्षालाई विशेष महत्त्व दिएको छ । स्थापनाकालदेखि नै विद्यार्थीहरूको रुची र शैक्षिक विकासलाई ध्यानमा राख्दै पढाईलाई प्राथमिकतामा राख्दै आएको बिद्यालयले जनाएको छ । इलिक्सर एकेडेमीका प्रिन्सिपल रविन दाहालले अभिभावक, विद्यार्थी र विद्यालयबीचको पारस्पारिक सहयोगले नै यो इलिक्सर एकेडेमीले उत्कृष्ट सफलता हासिल गरेको हो भन्नुभयो । बिद्यार्थीका लागि शैक्षिक वातावरण सृजना गर्नु आवश्यक रहेको उहाँको भनाई थियो । यसका अलवा खेलकुद, मनोरञ्जन, स्वास्थ्य, सरसफाईसंगै बिशेष रुपमा संस्कृति र व्यक्तित्व बिकासमा पनि जोड दिदै आएको छ ।
वि.सं. २०६७ सालदेखि उत्कृष्ट नतिजा हासिल गर्दे आएको यस विद्यालयले वि.स. २०८१ सालमा उच्च सफलता हासिल गरेको छ । यसअघि २०७८ सालको एसईई परीक्षामा काठमाडौँ जिल्लामा प्रथम भई काठमाडौँ महानगरपालिकाबाट नगद पुरस्कारसहित ‘सर्वोत्कृष्ट विद्यालय पुरस्कार’ले पुरस्कृत पनि भई सकेको छ । त्यस्तै २०८० सालको एसईई परीक्षामा काठमाडौँ जिल्ला प्रथम भई प्याब्सन काठमाडौँद्वारा ‘उत्कृष्ट विद्यालय सम्मान २०८०’ ले सम्मानित भई सकेको छ ।