काभ्रेको रोशी गाउँपालिका–९ स्थित नार्केमा लेदोसहित खसेको पहिरोका कारण अवरुद्ध बीपी राजमार्गमा एकतर्फी यातायात खुलेको छ ।

वर्षापछि सडक माथिबाट खसेको लेदोको कारण बीपी राजमार्गको रोशी गाउँपालिका–९ नार्केमा सडक अवरुद्ध भएको थियो । सोमबार साँझ ५ बजेबाट अवरुद्ध भएको सडक इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको टोली र सडक विभागको मेसिनको सहयोगमा एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिएका छन् ।

सडक अवरुद्ध भएपछि तराईबाट आएका एम्बुलेन्स लगायत सवारी साधन रोकिएका थिए । सडक एक तर्फी खुलाएर एम्बुलेन्स र रोकिएका सवारीहरु पास गराएपछि सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको छ । विशेष गरी बीपी राजमार्ग जोडिएका ग्रामिण सडकबाट बग्ने लेदोको कारण राजमार्ग पटक–पटक अवरुद्ध हुँदै आएको छ । यसअघि पनि धुलिखेल ११ पात्लेखेतमा राजमार्ग अवरुद्ध भएको थियो ।

मङ्लबार, १७ असार, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान