जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि प्रोत्साहन भत्ता अर्थात् (गोठालो भत्ता) को व्यवस्था गरिएपछि जुम्लाका किसान उत्साहित भएकाछन्।

भेडापालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत यहाँका करिब २३० जना भेडापालक किसानलाई गोठालो भत्ता प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले जानकारी दिए।

कार्यालयबाट प्रदान गरिएको उक्त कार्यक्रमबाट भेडापालनमा थप व्यवसायमा टेवा पुगेको छ। जिल्लाको सिंजा गाउँपालिका–६ का भेडापालक किसान भीमबहादुर रावतले भने,‘यो आवमा १८ हजार प्रोत्साहन भत्ता पाएको छु। अहिले १०० भन्दाबढी भेडा रहेकाछन्। सो रकमले भेडाको रोग उपचारदेखि अन्य खर्चमा सहयोग पुगेको भेडापालक किसान रावतको भनाइ छ।’

चालु आर्थिक वर्षमा यहाँका २३० जना भेडा किसानले प्रोत्साहन भत्ता पाएकाछन्। कर्णाली प्रदेश सरकारले ५० भन्दा बढी भेडा पाल्ने किसानलाई भत्ता दिँदै आएको छ। जिल्लामा करिब १७ सयभन्दा बढी भेडा किसानछन्। जहाँ ८८ हजार ३८८ भेडा र ४३ हजार ३०६ बाख्रा किसानले पालिएका छन्।

जिल्लाभर ६९ हजार हेक्टर चरण क्षेत्र रहेको छ। सबैभन्दा बढी पातारासी गाउँपालिकामा भेडा पाल्ने किसान रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए।भौतिक संरचना, खर्क सुधार र चरण क्षेत्रको विस्तारमा यहाँका स्थानीय तहको ध्यान जान नसकेको तिला गाउँपालिका–१ भेडा पालक किसान रुञ्ज रावतको भनाइ छ।

कर्णाली प्रदेशको पशुपक्षी विकास निर्देशनालयले जुम्लालगायत कालिकोट, हुम्ला, मुगु र डोल्पामा यो कार्यक्रम लागु गरेको छ।

बिहिबार, ५ असार, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !