राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ । चुरे संरक्षण दिवस २०८२ का अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

राष्ट्रपति पौडेलले राष्ट्रपति चुरे–तराई/मधेश संरक्षण विकास समिति गठनको उद्देश्य अनुरूपका उपलब्धि हासिल भए/नभएको समीक्षा गरी यसतर्फ सम्बन्धित सबै पक्ष गम्भीर हुन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत गल्छी, पहिरो तथा खहरे रोकथाम, तालतलैया तथा सिमसार व्यवस्थापन, पोखरी निर्माण, नदी उकास जग्गा संरक्षण तथा वृक्षरोपण, कृषि वन कार्यक्रम, संवेदनशील क्षेत्र संरक्षणलगायतमा केही काम भए पनि राष्ट्रपति चुरे–तराई/मधेश संरक्षण विकास समिति जुन उद्देश्य अनुसार गठन भएको थियो, त्यस अनुसार अझै उपलब्धि हासिल गर्न सकिएको छैन ।”

३७ जिल्लामा फैलिएको चुरे क्षेत्र नेपालका करिब ६० प्रतिशत मानिसको जीवनपद्धतिसँग जोडिएको बताउँदै राष्ट्रपति पौडेलले जनसङ्ख्याको चाप, गरिबी, अवैज्ञानिक खेती प्रणाली, वन अतिक्रमण, नदीजन्य पदार्थको दोहन जस्ता मानवीय क्रियाकलापका कारण यस क्षेत्रका प्राकृतिक स्रोतको क्षयीकरण भइरहेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले माथिबाट गेग्य्रान आउने, त्यसले खोला पुरिने र खोला गाउँ तथा खेततिर हिँडेपछि ठुलो क्षति हुने गरेकाले खोला घर (बाटो) खोलेर गेग्य्रानको उपयोग गर्न सके तराई/मधेशलाई बचाउन सकिने धारणा व्यक्त गर्दै चुरे संरक्षणमा नेपाली सेनाको सहभागिता उपलब्धिमूलक रहेको बताउनुभयो । नवलपरासीको कावासोती नगरपालिका–३ मा अवस्थित अट्ठाइस बिघा क्षेत्रको ज्योतिपुञ्ज सामुदायिक वनमा राष्ट्रपति पौडेलले बर र प्रथम महिला सविता पौडेलले पिपल रोपेर चुरे संरक्षण दिवस शुभारम्भ गर्नुभएको थियो ।

मङ्लबार, ३ असार, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !