४४ वर्ष अगाडि युवती हुँदा पोखरा आएकी थिइन बेलायतकी सु चेबरलेन । चेम्बरलेन त्यो बेलाको पोखराका माछा मार्नेहरू, सुन्दर गाउँ र प्राकृतिक वातावरण ले उनलाई मोहनी नै लगायो । त्यही नोस्टाल्जिया सम्झेर फेरि पोखरा आइन् उनी ।

गत मार्च ८ मा पोखरा पुग्दा त उनले ४४ वर्ष अगाडि देखिएको पोखरा भेटिएन । बरु भेटिए कङ्क्रिटका कुरूप जङ्गल । डान्स बार, स्पा र अरू होटलहरु ।

पोखरा बस्नै सकिनन् सु । उनी भन्छिन्, ‘पोखराको हालत देखेर हृदय क्षतविक्षत भयो । म विकर्षित भएर काठमाडौं आए ।’

काठमाडौं आएर शान्त प्राकृतिक र सुन्दर स्थान नेपालमा कता पाइएला भनेर उनी अनलाइनमा सक्रिय भइन्। उनलाई इलामले जानकारी ले लोभ्यायो । इलाम आइन । जेठ तेस्रो हप्ता इलाम आएर उनी होटलमा बसिनन् । होमस्टेमा बसिन् ।

करफोक खलङ्गा होमस्टेमा बसेर उनले सोही स्थानमा भेला भएका मेची क्षेत्रका चार जिल्लाका पर्यटन पत्रकारसँग आफ्नो अनुभव सुनाउँदै भनिन, ‘मलाई नेपाल सुरक्षित लाग्छ । भरिया र पथप्रदर्शक बिना एक्लै यात्रा गर्ने पाको महिला को रूपमा मलाई सुरक्षित महसुस हुन्छ ।’

इलामको सत्कार, सहयोग र आत्मीयताको कुरा पत्रकार लाई सुनाउँदै उनले भनिन, ‘मौलिकता जोगाउनुस् ।’

उनले पोखराको ४४ बर्स अगाडि र अहिलेको जस्तो फरक इलामको नहोस् भन्ने कामना गर्दै उनले इलामलाई नि एक कमजोरी सुधार गर्न आग्रह गरिन । भनिन, ‘फोहोर खासगरी प्लास्टिकको चैँ व्यवस्थापन गर्नु होला।

बिहिबार, २२ जेष्ठ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान