file photo

नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले जलवायु परिर्वतनमा नेपालको कुनै भूमिका नभए पनि त्यसको असर खेप्नु परिरहेको बताएका छन् ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उनले जलवायु परिवर्तनबाट हिमाल र हिमशृङ्खलामा परेको असरबारे नेपालले उठाएका विषयलाई अन्तरराष्ट्रिय समुदायले गम्भीरतापूर्वक लिनुपर्ने प्रतिक्रिया दिए ।

नेता डा कोइरालाले भने, “जलवायु परिवर्तनबाट प्रकृति र मानव जीवनमा परेको असरबारे हामीले निरन्तर आवाज उठाइरहेका छौँ । नेपालका हिमाल र हिमाली जनजीवनमा यसबाट अप्ठ्यारोमा परेको छ भने हिमशृङ्खलाले सङ्कटको सामना गरिरहेका छन् । त्यो पक्षलाई अन्तरराष्ट्रिय समुदायले बुझिदिनुपर्छ ।”

आफूले बेलायतको भ्रमणका क्रममा त्यहाँको संसदीय समितिमा यस विषयमा आवाज उठाएको बताउँदै डा कोइरालाले नेपालका तर्फबाट उठाइएका विषयलाई बेलायतले चासोकासाथ लिएको जानकारी दिए । उनले भने, “यहाँ राखिएका तस्बिरले नेपालको भौगोलिक अवस्थितिको वास्तविकताका बारे चित्रण गरेको छ । मुलुकभित्र रहेका प्राकृतिक सम्पदा र भूभागको अवलोकन तथा घुम्न हामी सोी स्थानमा पुग्नुपर्नेमा प्रर्दशनीले उक्त बाध्यताको अन्त्य गरेको छ । राससले गरिको तस्बिर प्रदर्शनी । पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी माध्यम बनेको छ । हिमशृङ्खला जोगाउन र पर्यटन प्रवर्द्धनमा हामीले आवाज उठाउनु पर्छ ।”

त्यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले डा कोइरालालाई स्वागत गर्दैै गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीबाट नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यताबारे जानकारी लिन उपयुक्त थलो बनेको बताए । यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर राखिएका छन् ।

बिहिबार, २२ जेष्ठ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !