Trending
संसारका दुई शीर्ष मौसम एजेन्सीहरूले आगामी वर्षहरूमा गर्मीले थप रेकर्ड तोड्ने पूर्वानुमान गरेका छन्, जसले पृथ्वीलाई अझ घातक, भयानक र असहज चरम सीमामा धकेल्नेछ।
विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) र बेलायतको मौसम विज्ञान कार्यालयले जारी गरेको पूर्वानुमान अनुसार, आगामी पाँच वर्षमा विश्वले वार्षिक तापक्रमको रेकर्ड तोड्ने सम्भावना ८० प्रतिशत रहेको छ, जसले गर्दा विश्वले फेरि एक पटक १० वर्षअघि तोकिएको वैश्विक तापक्रमको सीमा नाघ्ने सम्भावना झन बढी छ।
विगतका रेकर्ड तोडिने
‘शक्तिशाली आँधीबेहरी, भारी वर्षा र खडेरीसँगै उच्च वैश्विक औसत तापक्रमको अर्थ धेरै जीवन नष्ट हुनु हो’ तापक्रमका जलवायु वैज्ञानिक नताली महोवाल्डले भनिन्।
जर्मनीको पोट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च का निर्देशक जोहान रकस्ट्रोमका अनुसार मानव–सिर्जित जलवायु परिवर्तनका कारण संसारको प्रत्येक दशौं डिग्री तापक्रमसँगै हामीले बारम्बार र चरम घटनाहरू अनुभव गर्नेछौँ।
मौसम सम्बन्धी दुवै एजेन्सीले पहिलो पटक दशकको अन्त्य हुनुभन्दा अघि संसारको वार्षिक तापक्रम जलवायु सम्बन्धी पेरिस सम्झौताको लक्ष्य (वैश्विक तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य) भन्दा बढी हुने र १८०० को दशकको मध्य यता अहिलेसम्मकै सबैभन्दा बढी खतरनाक २ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिने सम्भावना औंल्याएका छन्।
केही बर्षमा धर्तीको तापक्रम ?
अनुसन्धानकर्ताहरूले आगामी पाँच वर्षमध्ये एकमा तापक्रम १.५ डिग्रीभन्दा बढी हुने सम्भावना ८६ प्रतिशत रहेको बताएका छन्।
बेलायतको मौसम विज्ञान विभागका जलवायु प्रभाव अनुसन्धान प्रमुख प्रोफेसर रिचर्ड बेट्सले भने, ‘आगामी पाँच वर्षमा, औसत तापक्रम पूर्व–औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियस बढी हुने अनुमान गरिएको छ। यसले धेरै मानिसहरू गम्भीर रुपमा तातो (गर्मी) लहरको जोखिममा पर्नेछन् र गर्मीको प्रभावबाट बचाउन नसकिए धेरै स्वास्थ्य समस्यासँगै मृत्यु समेत हुनसक्छ।’
वायुमण्डलमा अधिक तातो, खडेरीका कारण भीषण वन डढेलोको सम्भावना समेत रहेको उनले बताए।
अल निनोको प्रभाव
सन् २०१५ मा पेरिसमा आयोजित अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा, १९६ नेताहरूले विश्वव्यापी तापक्रम वृद्धिलाई दुई डिग्री सेल्सियसभन्दा बढी हुन नदिने र तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियस भित्र राख्ने प्रयास जारी राख्ने कुरामा सहमति जनाएका थिए।
अल निनोको अवस्था सामान्यतया प्रत्येक दुई देखि सात वर्षमा हुन्छ। यसका कारण, मध्य र पूर्वी उष्णकटिबंधीय प्रशान्त महासागर तात्ने गर्छ र समुद्री सतहको औसत तापक्रम बढ्छ। अध्ययनका अनुसार, अल निनोका कारण, महासागरहरूको सतहको औसत तापक्रममा सन् १९९१–२०२० को तुलनामा ०.५ डिग्री सेल्सियसले बढेको छ।