पश्चिम नवलपरासीको गण्डक नहरमा दुई महिनापछि पानी आएको छ। नहरमा पानी आएपछि प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रले बिहीबारदेखि विद्युत् उत्पादन सुरु गरेको हो।

जलविद्युत् केन्द्रका प्रमुख पिताम्बर भुसालले मङ्गलबार बिहान नहरमा पानी छोडिएको बताउँदै प्राविधिक समस्याले बिहीबारदेखि उत्पादन सुरु गरिएको जानकारी दिए। उनलका अनुसार अहिले नहरमा फोहर पानी आइरहेकाले तत्काल एउटा टर्वाइन सञ्चालन गरेर डेढ मेगावाटसम्म विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण ग्रिडमा जोडिएको छ।

भुसालले भने, ‘गत फागुन २६ गतेदेखि नहरमा पानी आउन बन्द भएको थियो। पानी नभएपछि सोहीबेलादेखि विद्युत् उत्पादन पनि बन्द भएको थियो।’ पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकास्थित गण्डक ब्यारेजबाट नहरको पानी बन्द गरिएको थियो।

नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको जलविद्युत् केन्द्र ३१ अगस्त १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो। करिब ४४ वर्ष पुरानो गण्डक जलविद्युत्मा नहरमा पानी छोड्ने र बन्द गर्ने अधिकांश भारतीय पक्षले गर्दै आएका प्रमुख भुसालले जानकारी दिए।

उनका अनुसार भारतको उत्तर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत् केन्द्रको नहरमा सरसफाइ तथा मर्मतको नाममा प्रत्येक वर्ष पानीलाई बन्द गर्दै आएको छ। गण्डक जलविद्युत् केन्द्रको १५ मेगावाट विद्युत् उत्पदान क्षमता भए पनि उत्पादन गर्न सकेको छैन।

पुरानो उपकरण र एउटा टर्वाइन बिग्रिएकाले केन्द्रबाट अहिले चार दशमलव पाँच मेगावाटसम्म विद्युत् उत्पादन गर्ने गरेको प्रमुख भुसालले उल्लेख गरे। ‘तीनवटा टर्वाइन भए पनि दुईवटाले मात्र विद्युत् उत्पादन गर्छ, एउटा टर्वाइन बिग्रेर थन्केको छ’, उनले भने।

गण्डक जलविद्युत् केन्द्रमा रहेका उपकरणहरू पुरानो प्रविधिअनुसार रहेकाले परिर्वतन र सुधार गर्नुपर्ने देखिएको प्रमुख भुसालले बताए। उनका अनुसार अहिले नेपालले भारतको विहार राज्यको रामनगरबाट विद्युत् आयात गरिरहेको छ।

‘पानीको मात्रा पूरा भएपछि हामीले यहाँबाट विद्युत् निर्यात गर्न सक्ने छौँ’, उनले भने।

शनिबार, १७ जेष्ठ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान