file photo

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम (८,०९१ मिटर) हिमालको सफल आरोहणको ७५ औं वार्षिकोत्सव (हिरक महोत्सव) को अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाभित्र मङ्गलबार सार्वजनिक बिदा दिइने भएको छ ।

फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइ लाशनालबाट सन् १९५० जुन ३ (२००७ साल जेठ २०) मा पहिलोपटक अन्नपूर्ण प्रथमको सफल आरोहण भएको थियो ।

उक्त ऐतिहासिक दिनको सम्झनामा गाउँपालिकाले आगामी जेठ २० गते मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गत बैशाख २९ गतेको गाउँ कार्यपालिकाको बैठकबाट गरिएको निर्णय अनुसार अन्नपूर्ण गाउँपालिका भित्रका सबै सरकारी कार्यालय, वडा कार्यालय तथा सार्वजनिक निकायहरूमा बिदा लागू हुनेछ।

यो निर्णय अनुसार जेठ १६ गते राजपत्रमा समेत सूचना प्रकाशित गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माका अनुसार अन्नपूर्ण दिवसलाई ऐतिहासिक र गौरवपूर्ण रुपमा मनाउन बिदा दिने निर्णय गरिएको हो ।

फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइ लाशनालले अन्नपूर्ण आरोहण गरेको ७५ वर्षको अवसरमा हर्जोगका छोरा र नातिको उपस्थितिमा विशेष समारोह गर्न लागिएको छ ।

शनिबार, १७ जेष्ठ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान