file photo

गोरखाकी पूर्णिमा श्रेष्ठले पाँचौँ पटक सगरमाथाको शिखर चुमेकी छिन्। आइतबार बिहान ३ः३७ बजे पाँचौ पटक सगरमाथाको सफल आरोहण गरेकी हुन्। चौथो शिविरबाट शनिबार साँझ ७ बजे प्रस्थान गरेकी उनले बिहान ३ः३७ बजे शिखरमा पाइला टेकेकी आरोहण व्यवस्थापन गरेको कम्पनी सतोरी एड्भेञ्चर प्रालिले जानकारी दिएको छ। नेवार समुदायबाट सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने उनै कहलाएकी सो कम्पनीका ऋषि भण्डारीले जानकारी दिए । उनी अहिले दोस्रो आधार शिविरतिर फर्किदै गरेको उनले जानकारी दिए ।

यसअघि गत वर्ष यही सिजनमा १२ मे, १९ मे र २५ मेमा उनले दुई हप्ताको अन्तरालमा तीन पटक सगरमाथा आरोहण गरी रेकर्ड कायम गरेकी थिइन्। त्यसअघि उनले २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । आठ हजार मिटरभन्दा अग्लो १४ वटा हिमाल आरोहण गरिसकेकी उनले दोस्रो अग्लो माउण्ट केटु, ल्होत्से, मनास्लु, अन्नपूर्ण, धौलागिरी लगायतका हिमाल आरोहण गरेर विभिन्न शीर्षकका कीर्तिमान कायम गरिसकेकी छन्।

सोमवार, ५ जेष्ठ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !