जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनका लागि याम सुरु भएको छ। यार्सा संकलन समय सुरु भएसँगै गाउँपालिकाकाले यही जेठ १३ गतेबाट वन प्रवेश खुला गर्ने भएको हो।

गाउँपालिकाका दुई दर्जन बढी पाटनमा पाइने यार्सागुम्बा संकलनका लागि जिल्लाका बासिन्दा र बाहिर जिल्लाबाट सर्वसाधारण यार्सा संकलनका लागि आउने गर्दछन्। जिल्लावासीका लागि प्रतिव्यक्ति २ हजार र बाहिरी जिल्लाबाट आउने संकलनकर्ताका लागि ३ हजार ५०० वन प्रवेश शुल्क निर्धारण गरिएको गाउँपालिकाकाले जनाएको छ।

जेठ १३ गते वन प्रवेश खुला गरिने भएकाले वन प्रवेशपछि यार्सा संकलनका क्रममा वातावरणमा असर पुग्ने खालका क्रियाकलाप नगर्न संकलनकर्तालाई गाउँपालिकाकाले आग्रह गरेको छ। यार्सा संकलनका समयमा सिसा प्लाष्टिकजन्य वस्तु नफाल्न र जथाभावी रुखबिरुवा नकाट्न तथा चोरी नगर्नसमेत आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताउँछन्।

गाउँपालिकाको वडा नम्बर १ र २ मा रहेका रिर्माण, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कुलगायतका दुई दर्जन बढी वन तथा पाटनमा यार्सागुम्बा पाइन्छ। वन प्रवेशका लागि गाउँपालिकाले वन प्रवेश शुल्क बुझाएका संकलनकर्ताले जेठ १३ गते बिहान वन क्षेत्रमा प्रवेश गर्न पाउने छन्।

विकट उच्च हिमाली भू-भाग सुरक्षामा चुनौती

मुगुम कामारोङ अन्तर्गत पर्ने पाटन क्षेत्रमा सुुरक्षा चुनौतीले अनुमति नलिइ यार्सागुम्बा संकलन गर्न वन प्रवेश गरिसकेका छन्। गाउँपालिकाको निर्णयअनुसार जेठ १३ गतेपछि मात्र यार्सा संकलनका लागि पाटन प्रवेशको अनुमति दिने भनिए पनि यार्सा चोरी गर्ने वन प्रवेश गरिसकेका छन्।

सुुरक्षा चुुनौतीसँगै चोरी गर्ने मनसायले यार्सा संकलन समयअघि नै सयौँ जना पाटन क्षेत्रमा प्रवेश गरेका छन्। गाउँपालिकाका स्थानीयका अनुसार दैनिक दुई सयभन्दा बढी व्यक्ति, स्थानीय र बाह्य जिल्लाका यार्सा संकलक रातारात पाटन प्रवेश गरी यार्सा संकलनमा लागेका छन्।

अवैध प्रवेशबारे सूचना आएपछि गाउँपालिका, सुरक्षा निकाय र सरोकारवालाबीच बैठक बसी नियम उल्लंघन गर्नेमाथि कडा जरिवाना र कानूनी कारबाहीको तयारी गरिएको गाउँपालिकाले जनाएको छ। गत वर्ष यार्सा संकलनमार्फत गाउँपालिकाले ७१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो।

यस वर्ष त्योभन्दा बढी ८० लाख रुपैयाँसम्म राजस्व संकलन गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए।यार्सा संकलनलाई व्यवस्थित गर्न गाउँपालिकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सरोकारवालासँगको समन्वयमा अनुमति प्रणाली कडाइका साथ लागू गर्ने जनाएको छ।

पछिल्ला केही वर्षदेखि यार्सागुम्बाको परिमाण कमहुँदै गएको स्थानीयको भनाइ छ। यार्साको संरक्षण र व्यवस्थापनमा चुनौती थपिँदै जाँदा पालिकाले नियम पालना गराउन थप सुरक्षा चुनौती थपिएको छ। रासस

सोमवार, ५ जेष्ठ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा