देशमा हाल पश्चिमी वायु, स्थानीय प्रणाली तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस प्रणालीको असरले आज अधिकांश पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ भने केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा दिउँसो वर्षाको सम्भावना प्रबल देखिएको मौसमविद्को भनाइ छ। बाँकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपात र वर्षा समेत हुन सक्ने सम्भावना छ।

मधेस, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने केही स्थानमा हुरीबतास चल्ने पूर्वानुमान गरिएको छ। दिनभरको तुलनामा राति मौसम केही खुलेको रहने भए पनि पहाडी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ।

मौसममा तीव्र उतारचढाव हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। रासस

आइतवार, ४ जेष्ठ, २०८२ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !